सहयोगको अपिल

१५ मंसिर २०७८, बुधबार मा प्रकाशित

बिर्तामोड ।

कक्षा १० मा अध्ययनरत् छोरी समिक्षा खाउखाउ लाउलाउ भन्ने उमेरमा ब्रेनट्युमर भएपछि आमा निर्मला योगी भक्कानिँदै छोरी समीक्षालाई बचाइ दिन सहयोगी मनहरुमा सहयोगका लागि आह्वान गरेकी छिन् ।

बुबा सामान्य ज्याला मजदुरी गरी दुई छोरी र एक छोरासहित पाँच जना परिवार धान्दै आएको र आफू सुकुम्बासी भएको र बिक्री गर्ने केही सम्पत्ति नहुँदा छिमेकी र आफन्तहरुको सहयोगमा उपचार गराउँदै आएका छन् । अपरेशन गर्न १२÷१५ लाख खर्च लाग्ने अस्पतालले जनाएपछि हाल योगी परिवारमा ठूलो आर्थिक संकट आएको छ । हाल रोकथामका लागि दमकको आयुर्वेद औषधि खादै गरेको योगीले बताए ।

प्राथमिक शिक्षा स्थानीय जुनकीरी प्राविमा लिएकी समीक्षा हाल सरस्वती मावि बुट्टाबारीमा अध्ययनरत् रहेकी छिन् । बाच्ने इच्छा र स्कूल पढ्ने इच्छालाई कसरी साकार पार्ने भन्दै चिन्ता रहेको र उनको हालको औषधि खान मात्र मासिक २० हजार खर्च हुने गरेको छ ।

अर्जुनधारा नगरपालिकाले ३५ हजार सहयोग गरेको र संघ–संस्था, सामाजिक व्यक्तित्व सहयोगीहरुको सहयोगको अपेक्षा राख्दै आमा निर्मला योगीको नाममा रहेको एक्सेल डेभलपमेन्ट बैंक बिर्तामोड खाता नम्बर ००१०१२००१६०९८९००००१ मा सहयोग गरिदिन योगीले अनुरोध गरिकी छिन् ।

साथै समीक्षाको विषयमा थप जानकारी चाहिएमा फोन ९८०४९५४९६४ र ९८४२७९६४१८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here