बिर्तामोड, कात्तिक ३ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुर र मातहतका कार्यालयहरूले पक्राउ गरेको २१ लाख ४८ हजार ९ सय ८० रुपैयाँ बराबरको सामान आज मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भद्रपुरमा एकसाताको अवधिमा झापाका भारतीय सीमाबाट भन्सार छली नेपाल भित्र्याइएका विभिन्न सामाग्री प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्बजनिक गरेर मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको हो ।
प्रहरीले पक्राउ गरेका अधिकांश सामान कपडा रहेको छ । एक सातामा प्रहरीले कपडा मात्र रु १९ लाख ५८ हजार ९ सय ८० रुपैयाँको वरावरको बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक प्रेम पोख्रेलले जानकारी दिनुभयो ।
प्रहरीले बरामद गरेको बारुदजन्य पटकासमेत सीमा सुरक्षा कार्यालय परिसरमै आज नष्ट गरिएको छ ।