रिजाल समिति गठन

0
523

imagesghसुरुङ्गा, कात्तिक २३ । धनञ्जय ऋषिकुल रिजाल वंशज सेवा समितिको झापा जिल्ला समिति गठन गरिएको छ । राजगढ निवासी कल्याण रिजालको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । संस्थाको निजी सचिवालय कोटीहोममा भएको रिजाल बन्धुको भेलाले गठन गरेको समितिको उपाध्यक्षमा तिलक रिजाल, सचिवमा अम्बिका रिजाल, सहसचिवमा डिल्ली रिजाल र कोषाध्यक्षमा सुशीला रिजाल रहेका छन् भने सदस्यहरुमा दशरथ रिजाल, विष्णु रिजाल, भीष्म रिजाल, सुवास रिजाल, पर्शुराम रिजाल, सूर्य रिजाल र धनपति रिजाल रहेका छन् । बाँकी १ सदस्य पछि थप गरिने बताइएको छ । समिति केन्द्रीय समितिको पहलमा गठन भएको हो । केन्द्रीय समितिका संस्थापक सदस्य रामप्रसाद रिजालको प्रमुख आतिथ्य र केन्द्रीय अध्यक्ष नारायणप्रसाद रिजालको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय महासचिव केदार रिजाल, केन्द्रीय कोषाध्यक्ष शारदा रिजाल लगायतले बोलेका थिए । नवगठित जिल्ला समितिले सदस्यता विस्तार गर्ने, कोटीहोम दक्षिण रहेको संस्थाको जमिनमा भौतिक पूर्वाधर निर्माणको काम गर्ने र बन्धुहरु वीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन विविध कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय गरिएको समितिका सदस्य भीष्म रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here