अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाको निर्वाचन,तेस्रो पटक सभापतिमा निर्वाचित भए ऋषि

0
128

झापा ।

नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापाको सभापतिमा ऋषि चापागाँई निर्वाचित भएका छन् ।

झापा उद्योग संघमा सोमबार भएको निर्वाचनमा सभापतिकी उम्मेदवार लता चापागाँई कार्कीलाई २५ मतान्तरले पछि पार्दै चापागाँई तेस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

तीन सय १९ मतदाता रहेकोमा चापागाँईले एक सय २२ मत प्राप्त गरेका छन् भने कार्कीले ९७ मत प्राप्त गरिन् ।

चापागाँई यसअघि २०६६ फागुनदेखि २०७० भदौ र २०७६ चैतदेखि २०७९ माघसम्म गरी दुई कार्यकाल सभापतिको जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यस्तै आठ वटा आरक्षित सिटमा रिता खतिवडा, चन्दनकुमार महतो, राधिका कटुवाल, तुलामाया वन गिरी, विक्रम क्षेत्री दाहाल, दिनलाल माझी, मुन्नीवत्ती कार्की, भक्तबहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेत र परियारको बराबरी मत प्राप्त भएपछि गोला गर्दा बस्नेत विजयी भएको तदर्थ समितिका संयोजक सुरेश श्रेष्ठले जानकारी दिए ।

त्यस्तै पाँच जना खुला सदस्यमा पवन श्रेष्ठ, गोपाल श्रेष्ठ, दीपक तिम्सिना, शान्तरत्न शाक्य र राजन पौडेल निर्वाचित भएका छन् । अपाङ्ग संघमा नेपाली कांग्रेसकै दुई प्यानल एक आपसमा भिडेका थिए । संघका पूर्व केन्द्रीय अध्यक्ष धनजुजु श्रेष्ठ र अर्का पक्षको नेतृत्व मोहन महर्जनले गरेका थिए । श्रेष्ठ प्यानलबाटै सभापति निर्वाचित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here