चुनाव जितेमा खानेपानी संस्थालाई नि:शुल्क जग्गा उपलब्ध गराउछु – अध्यक्ष पदका उम्मेदवार राई

0
80

योगेन्द्र योगी
बिराटनगर,

मोरङको सुन्दरहरैंचा नगरपालिका ५ र ६ मा रहेको सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी असोज १५ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र राई(राजु) ले आफ्नो टीमले निर्वाचन जितेमा खानेपानी संस्थालाई निशुल्क रुपमा जग्गा उपलब्ध गराउने बताएका छन्।

शनिबार अविरल वर्षाको प्रभाह नगरी भोट माग्न घरदैलो अभियानका क्रममा आफूसहितको टिमले चुनाव जितेमा खानेपानी संस्थालाई आवश्यक पर्ने जग्गा निशुल्क दिने घोषणा गरेका हुन्। वर्तमान नेतृत्वले विगत १० बर्ष देखि खानेपानी संस्थाको बार्षिक साधारण सभा नगरेको र हिसाव किताव पनि सार्वजनिक नगरेको कारण आफू नेतृत्वको टिमले निर्वाचन जिते सबै सार्वजनिक गर्ने बताएका छन्।

उम्मेदवार राईले उपभोक्ताहरुले खानेपानी संस्थामा जम्मा गरेको पाँच हजार रुपैया पनि यतिका बर्षसम्म फ्रिता नगरी खाएको आरोप लगाएका छन्। ‘म पनि २५ बर्ष विदेश बसेर अब नेपालमै केहि गर्नुपर्छ भनेर आएको एक युवा हुँ,उनले भने,’ अब आफू जन्मिएको गाउमै केहि गर्ने हुटहुटी छ मलाई बिश्वास गरे मत दिनुहोस् हामी सबै उपभोक्ताहरुको घर-घरमा खानेपानी पुर्याउछौ।’

अहिले खानेपानी संस्थाको एउटा मात्र ट्यांकी रहेको बताउदै उनले आफ्नो टिमले जितेमा अर्को पनि ट्यांकी थप्ने र अहिले पानीको शुल्क महँगो भएकाले त्यसलाई पनि कम मूल्यमा उपभोक्ताहरुलाई पानी ख्वाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। वर्तमान कार्य समितिले खानेपानी संस्थालाई लथालिङ् पारेकाले त्यसलाई ट्याकमा ल्याउन आफ्नो टिमले निर्वाचन जितनै पर्ने उनको भनाइ छ।

उम्मेदवार राईलाई भोट माग्न घरदैलो अभियानमा पुगेका पूर्व नगर प्रमुख शिव प्रसाद ढकालले यो खानेपानीको चुनावलाई स्थानीय जनताले निकै उत्साहका साथ हेरिरहेको भन्दै विगत २०६८ साल देखि निरन्तर एउटै नेतृत्व रहेको जसले कुनै साधारण सभा गरायो न त कुनै हिसाव किताव नै सार्वजनिक गर्यो न त सबै उपभोक्ताहरुको घर-घरमा पानी नै पुर्यायो यी सबै काम गर्न पुरा गर्न अब नयाँ कार्य समिति आवश्यक रहेको र त्यो गर्न सक्ने राजुको टिम मात्र सक्षम रहेको बताए।

पूर्व नगर प्रमुख ढकालले अहिलेको उम्मेदवार राईले विदेशमा लामो समय बिताएर केहि गर्नुपर्छ भनेर उर्जाका साथ चुनावमा होमिएकाले उनलाई जिताउन ५ र ६ का वडा बासीहरुलाई अपिल समेत गरेका छन्। घरदैलो अभियानकै क्रममा भेटिएका वडा नं ५ का पूर्व वडाअध्यक्ष राम रिजालले पानी बिनाको जीवन सम्भव हुँदैन ।

पानीले जीवनको रक्षा पनि गर्ने भन्दै स्वच्छ खानेपानी उपलब्ध गराउन र पानीमा भएको विकृति र विसंगतिलाई अन्त्यन गर्न राजेन्द्र राईको टिमलाई निर्वाचन जिताउन फिल्डमा खटिएको बताए। उपभोक्ताहरुलाई झुक्याउने नभएर सर्वसाधारण जनालाई सौलियत रुपमा पानी ख्वाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

फिल्डमा उपभोक्ताहरुलाई खै त अझै हामीलाई पानी ख्वाउनु भएन नि भनेर प्रश्न सोधेपछि पूर्व वडाअध्यक्ष रिजालले अहिले आफू वडा वडाअध्यक्ष नभएको र अहिलेको वडाअध्यक्ष गणेश चौधरीले पहल नगरेको कारण धेरै उपभोक्ताहरु सुद्ध खानेपानीबाट बन्चित हुनु परेको बताएका छन्। अब नयाँ उपभोक्ता समिति आएपनि सबै समस्या समाधान हुने बताए।

यस खानेपानी संस्थामा नेपाली कांग्रेसबाट अध्यक्षमा राजेन्द्र राई(राजु),उपाध्यक्षमा हस्त बहादुर तामाङ,सचिवमा गेहनाथ दाहाल र कोषाध्यक्षमा दिपेन्द्र बराल लगायतले छन्। यसैगरी,नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त प्यानलबाट अध्यक्षमा अरुण सुवेदी, उपाध्यक्षमा लक्ष्मीप्रसाद सिग्देल, सचिवमा शंकर देवान र कोषाध्यक्षमा चिरञ्जीवी रेग्मी रहेका छन् भने स्वतन्त्रबाट अध्यक्षमा प्रकाश सिक्देल र सचिवमा कमल अधिकारीले उम्मेदवारी रहेको छ। संस्थाको चुनाव असोज १५ गते हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here