सवारी दुर्घटनामा बिर्तामोडका अनिषको मृत्यु

0
620

बिर्तामोड ।

झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोड– १० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी बिर्तामोड– १० शिवालय चोकका २७ वर्षीय अनिष न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा टाउको र खुट्टमा गम्भिर चोट लागेका अवस्थाका न्यौपानेलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकलमा पछाडी सवार बिर्तामोड–१० का ३८ वर्षीय टिकाराम राय घाइते भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here