सुरक्षाकर्मीको गोली लगेर घाइते तीन जनालाई बिराटनगरबाट काठमाडौँ लगियो

0
122

योगेन्द्र योगी
बिराटनगर, 

ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोधका क्रममा घाइते भएका तीन जनालाई बिराटनगरबाट काठमाडौं लागिएको छ। विराटनगरको नोबेल अस्पतालमा उपचारत सम्भव नभएपछि यामबहादुर लिम्बू, सगुन लावती र धर्मान पालुङ्वालाई सेनाको विमानबाट काठमाडौं लागिएको हो।

पाथीभरा क्षेत्रमा शनिबार सुरक्षाकर्मी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा कम्तीमा १८ जना घाइते भएका छन् । झडपमा परी १३ जना प्रहरी र पाँच आन्दोलनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । यस बिषयमा थप बुझ्न ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा कुरा गर्न खोज्दा फोन उठेन्।

पाथीभरा (मुक्कुमलुङ)मा केबलकार निर्माणको विरोध गर्दै आएका आन्दोलनकारी र प्रहरी झडप शनिबार बेलुका झडप भएको थियो। ताप्लेजुङका प्रहरी प्रमुख डीएपी रबि रावलका अनुसार केबलकार निर्माणको विरोधमा रहेकाहरू समूहगत रूपमा भेला भएर सो कार्य रोक्ने तयारी गर्ने क्रममा प्रहरी पुगेपछि तनावको स्थिति सिर्जना भएको थियो।

पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनीले मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था असामान्य बनेको हो । पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here