अनुचित प्रयोग नगरौं

0
23

यस वर्ष अनलाइन ठगीमा केन्द्रित रहेर सुरक्षित इन्टरनेट दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । विश्वका १७० भन्दा बढी देशमा प्रत्येक वर्षको फेबु्रअरी महिनाको दोस्रो हप्ताको मंगलबार मनाइने यो दिवस खासगरी युवा तथा बालबालिकालाई लक्षित गरिएको छ । युवा र केटाकेटीहरुको इन्टरनेट सेवाको पहुँच बढेसँगै ठगी तथा अपराधका घटनाहरु बढ्न थालेको तथ्यांकले देखाउँछ । त्यसैले उनीहरुलाई आफू र अरुलाई यस्तो ठगीबाट कसरी जोगाउने भन्ने ज्ञान प्रदान गर्न र यस सम्बन्धमा उपलब्ध स्रोतको बारेमा सचेत गराउन यो दिवस मनाउन थालिएको हो ।

युवाहरुको परामर्शका आधारमा तयार पारिएको यस वर्षको अभियान अनलाइन ठगी अर्थात् स्क्याममा केन्द्रित छ । अभियानले युवाहरुलाई इन्टरनेटको प्रयोगका बारेमा सचेत गराउँछ र सहयोगका स्रोतका बारेमा ज्ञान दिनेछ । यस्तो सचेतना र ज्ञानले सुरक्षित, सकारात्मक र जिम्मेवार इन्टरनेट प्रवद्र्धन गर्न मद्दत गर्नेछ । अभियानले सरकार, नीति–निर्माताहरु, कानूनी निकाय, सञ्चारमाध्यम लगायत अन्य निकायहरुलाई बालबालिका, युवा, अभिभावक, शिक्षक, निजी क्षेत्र, सामाजिक कार्यकर्ता, विद्यालय र समुदायलाई सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने कार्यमा पनि योगदान पु¥याउँछ ।

नेपालमा यससँग सम्बन्धित भएर चाइल्डसेफनेट नामक संस्थाले चालीसभन्दा बढी जिल्लामा अनलाइन सुरक्षा तालिम सञ्चालन गरिरहेको छ । यो अभियान अभिभावकदेखि सेवा प्रदायक तथा नीतिनिर्मातासम्म पनि पुग्नु पर्छ । त्यसकै लागि संयुक्त राष्ट्रसंघका निकायहरु, अन्तर्राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाहरु समुदायमा आधारित संगठन, निजी क्षेत्र र सञ्चारमाध्यम लगायतका चार दर्जनभन्दा बढी संस्थाहरुले यो दिवस मनाउँदैछन् ।

प्रविधिको द्रूतरत विकासले मानिसलाई सेवा प्राप्त गर्न धेरै सुविधा पु¥याएको छ । यो विकासले ल्याएको पछिल्लो समय एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले नयाँ चुनौतीहरु जन्माएको छ । अपराध कर्म गर्नेहरुले यसकै दुरुपयोग गर्दै गलत सूचना, भ्रामक सूचना र घृणा फैलाउने सामग्री उत्पादन गरिरहेका छन् । त्यसकारण पनि बालबालिका र युवाहरुलाई डिजिटल सेवा उपयोग गर्दा सुरक्षित गराउन आवश्यक छ । इन्टरनेट सेवाको प्रयोग गर्दा उत्पन्न हुने कठिनाइ, समस्या र असुरक्षाका विषयमा सचेतना प्रदान गर्नुपर्छ । किनकि इन्टरनेटको दुरुपयोगले मानसिक, आर्थिक तथा शारीरिक हानी गराउन सक्छ । प्रविधिको सुरक्षित उपयोग गर्न त्यसको दुरुपयोगबाट हुनसक्ने जोखिमबाट बच्नु यो दिवसको सार्थकता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here