नारी चेतनाद्वारा असल अभिभावक सम्बन्धी सचेतना

0
31
अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित नारी चेतना समूहको आयोजना र अर्जुनधारा–५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा एक दिने असल अभिभावक सम्बन्धी जनचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
अर्जुनधारा–५ पानीकलस्थित सामुदायिक भवनको सभाहलमा संस्थाकी अध्यक्ष पम्फादेवी विश्वकर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडाध्यक्ष गीताराज खड्का “हरि”ले गरेका थिए ।
सहजकर्ताहरु नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य अमित खम्बू, अर्जुनधारा–१०स्थित प्रगति महिला कृषक समूहकी अध्यक्ष गान्धारी मिश्र र प्रदीप पुरीले सहजिकरण गरेको कार्यक्रममा ७० जना बढीको सहभागिता रहेको सहसचिव निर्मला राईले जानकारी दिइन् ।
कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य चन्द्रकुमारी तामाङ, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतले मन्तव्य राखेका थिए । संस्थाकी सचिव पूर्णिमा सिटौलाले स्वागत र अध्यक्ष विश्वकर्माले कार्यक्रमको औचित्यसहित संस्था बारे जानकारी गराएको उक्त कार्यक्रमको सञ्चालन सहजकर्ता खम्बूले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here