कुकुरलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भएपछि…

0
16

मोरङ ।

मोरङको रतुवामाई नगरपालिका– ६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु भएको छ ।

आमवारी –उर्लावारी सडकखण्डमा आमवारीबाट उर्लावारीतर्फ जाँदै गरेको प्र १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल कुकुरलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार ४५ वर्षीया भवानी मेहता गम्भीर घाइते भएकी थिइन् । टाउको र शरीरको विभिन्न भागमा चोट लागेर उपचारको लागि रंगेली अस्पताल पठाइएकोमा उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको थियो ।

मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here