विराटनगर,
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफतापुर्वक आरोहण गर्ने प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले हार्दिक वधाई तथा सफलताको शुभकामना दिएका छन्।
आरोहण पश्चात मंगलबार वेस क्याम्प आई पुगेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट इलाका प्रहरी कार्यालय नाम्चेले हार्दिक वधाई सहित स्वागत गरिएको थियो।
शेर्पाले जेष्ठ ०५ गते बिहान ०८:५६ बजेको समयमा सर्वोच्च शिखर सगरमाथामा आरोहण गरी नेपाल र नेपाल प्रहरीको झण्डा फहराउन सफल भएकी थिईन्। सोलुखुम्बुको थुलुङ दुधकुण्ड गाउँपालिका-९ घर भएकी उनी हाल नेपाल प्रहरी प्रधान कार्यालय साईवर व्यूरोमा कार्यरत छिन्।