बिर्तामोड, सीएफ मोटरसाइकको आधिकारिक विक्रेता माँ लक्ष्मी इन्टरनेशनलले बिर्तामोडमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
माँ लक्ष्मीको ३० औं वार्षिक उत्सबको अवसरमा बिर्तामोडस्थित दुर्गा मनिर परिसरमा रक्तदान भएको थियो । नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको माँ लक्ष्मी इन्टरनेशनलका आकाश शिवाकोटीले जानकारी दिए । गौरबरत्न शाक्यको अगुवाइमा भएको कार्यक्रममा सवैभन्दा धेरै पटक रक्तदान गर्ने व्यक्ति बिर्तामोडका युवा व्यवसायी ओमप्रकाश लुइटेल रहेको बताइएको छ । उनले ६५ औं पटक रक्तदान गरेका छन् ।