सडकमा धान झारे ५ हजार जरिवाना

0
294

बिर्तामोड, कमल गाउँपालिकाले सडकमा धान थ्रेसर लगाए पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने भएको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्न र सडकलाई सँधै खुल्ला राख्न गाउँपालिकाले यस्तो निर्णय गरेको प्रशासकीय अधिकृत युवराज ढकालले बताए । उनले भने– सडकमा धान थ्रेसर लगाए पाँच हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।
यो संगै गाउँपालिकाले सडकमा पराल लगायत कुनै पनि निर्माण सामग्री समेत नराख्न गाउँवासीलाई अनुरोध गरेको छ । त्यस्तै स्तरोन्नति र कालोपत्रे गरिएको सडकमा गाईवस्तु नबाँध्न र नडुलाउन अनुरोध गरेको छ । यदि गाउँपालिकाको निर्णयलाई उल्लङ्घन गर्दै त्यस्तो गरेको पाइएमा उल्लङ्घन कर्तालाई कानून अनुसार दण्डित गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here