चन्द्रगढी वनले १५४ वटा सखुवा जातको रुख काट्यो

0
760

भद्रपुर, जिल्लामै पहिलोपटक वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह भद्रपुरले सालका रुखहरु कटान तथा सरसफाईको काम शुरु गरेको छ ।
२०७३ सालमा पहिलोपटक झापामा वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको चन्द्रगढी सामुदायिक वनमा यसपटक १५४ वटा सखुवाका रुख कटान गर्नुका साथै सोही स्थानमा सरसफाई तथा घेरावाराको काम थालिएको जनाइएको छ ।
उपभोक्ता समूहका कोषाध्यक्ष अनुज खतिवडाका अनुसार वैज्ञानिक वन व्यवस्थापन लागू भएको समितिले आफ्नो स्वामित्वमा रहेको वनलाई ८ भागमा विभाजन गरिएको बताए । उनका अनुसार आठ भागको एक भागलाई फेरि १० भागमा विभाजन गरी प्रत्येक वर्ष एक क्षेत्र (कुप)मा रहेका पुराना रुख तथा विरुवा उत्पादन गर्न नसक्ने छनौट गरी राम्रा तथा वीऊ दिने रुखलाई राखेर निश्चित रुखहरु कटान गर्न पाउने नियम बनाएको बताए ।
वन उपभोक्ता समूहले आफ्नो क्षेत्रको कुप नम्बर ५मा रहेका २९६ वटा रुखमध्ये १४२ थान राम्रा तथा माऊ सालका रुख राखेर बाँकी १५४ थान रुख यसै आर्थिक बर्षमा कटान गरिने उनको भनाइ छ । कटान गरिएको ४.३९ हेक्टर क्षेत्रफलमा नयाँ विरुवा लगाउने, सरसफाई गर्ने, खनजोत तथा तार घेरावारा लगाउने काम भइरहेको जनाइएको छ ।
हावाहुरी आउँदा एकैपटक ठूला तथा माऊ रुख लडेर वन क्षेत्र नै उजाड हुने भएकोले नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापन लागू गरेको समितिका अध्यक्ष हिराप्रसाद पोखरेलले बताए । नेपाल सरकारको आव २०७५÷२०७६ को नीति तथा कार्यक्रममा समेत सवै सामुदायिक वनहरुमा वैज्ञानिक वन लागू गर्ने उद्देश्य रहेको समितिकी सचिव शकुन्तला पोखरेलले वताइन् ।
गतबर्ष समितिले १०३ थान सखुवाका वूढा तथा वीऊ उत्पादन गर्न नसक्ने रुख कटान गरी शुपथ मूल्यमा आफ्ना उपभोक्ताहरुलाई वितरण गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here