कनकाईका ज्येष्ठ माता सम्मानित

0
1217

सुरुङ्गा।

निरौला वन्धु सेवा समाज कनकाई शाखाको आयोजनामा ज्येष्ठ माता सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

निरौला वन्धु सेवा समाज कनकाई शाखाका अध्यक्ष बेदनिधी निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुने ज्येष्ठ माताहरुमा कनकाई– ४ निवासी ७६ वर्षीया धनमाया निरौला, बाह्रदशी गाउँपालिका– ७ निवासी बुद्धिमाया निरौला, कनकाई– ३ निवासी ७१ वर्षीया ढाकादेवी निरौला, कनकाई–३ निवासी एकल महिला गीता निरौला र तीन पटकसम्म जमीनमुनीको कठोर भू–तपस्या पार गरिसकेकी तपस्वी वृन्दा निरौलालाई रहेका छन् ।

त्यस्तै निरौला बन्धु कनकाई शाखाको स्थापनाकालदेखि हालसम्म बन्धु उत्थानका लागि महत्वपूर्ण सहयोग गर्दै आएकोमा शाखाका संस्थापक अध्यक्ष हरि निरौला साथै निवर्तमान अध्यक्ष एवम् केन्द्रिय सदस्य गुरुप्रसाद निरौलालाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका प्रधानाध्यापक धर्मानन्द निरौला, समाजका केन्द्रीय सदस्य बालकृष्ण निरौलाले दोसल्ला र पुष्प गुच्छाले उनीहरुलाई सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि धर्मानन्द निरौलाले धर्तीको ठूलो शक्तिका रुपमा सर्वत्र सम्मानित माताहरुलाई भएको सम्मानले समाजमा सकारात्मक सन्देश दिएको बताए ।

कार्यक्रममा स्थानीय शिक्षासेवी अम्विका उप्रेती, चोलरमण चम्लागाई, सम्मानित व्यक्तित्व विदुषि वृन्दा निरौला, बालकृष्ण निरौला, खेमराज निरौला लगायतले मन्तव्य राखेका थिए ।

सामुहिक गोठधुपसहित आयोजित कार्यक्रममा शाखा उपाध्यक्ष सुजता निरौलाले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद निरौलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here