सुरुङ्गा।
कनकाई–३ स्थित चम्पा फ्लावर्स अंग्रेजी माविमा कक्षा ४ मा अध्ययनरत् पियुष पोखरेलले देवकोटा प्राथमिक विद्यालय तुलसीबारीका विद्यार्थीसँग जन्मदिन मनाएका छन् ।
आफ्नो जन्मदिन मनाउन उनी आफ्ना माता, पिता, हजुबा, हजुरआमा र अन्य नातेदारसहित उक्त विद्यालय पुगेका थिए ।
सो अवसरमा उक्त विद्यालयमा अध्ययनरत् ६० जना विद्यार्थीलाई उनले स्कुल ब्याग वितरण गरेको शिक्षक प्रेमप्रसाद ओलीले जानकारी दिए । छोराको चाहना बमोजिम माता पवित्रा पोखरेल र पिता दीपक पोखरेलले कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरुलाई सहयोग गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पारस उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय सुधार समितिका संयोजक हेमराज बिमली, प्रधानाध्यापक बलबहादुर श्रेष्ठ, समाजसेवी पुण्यप्रसाद ओझा लगायतले मन्तव्य राखेका थिए ।
पूर्व प्रधानाध्यापक रामकुमार ढुंगेल, शिक्षक अभिभावक संघका अध्यक्ष जीवन बिमली, विद्यालय सुधार समितिका सदस्य खड्ग प्रसाई लगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक उमानाथ तिम्सिनाले गरेका थिए ।






























