सिपलाई व्यवहारमा उतार्न आग्रह

0
598

बिर्तामोड।

राजवंशी राष्ट्रिय महिला सञ्जाल कन्काई नगर समिति, नेपाल पर्यटन वोर्ड र कन्काई नगर कार्यपालिकाको सहकार्यमा आयोजित २० दिने निःशुल्क झल्ला (झालङ) बुन्ने तालिम सम्पन्न भएको छ ।

राजवंशी राष्ट्रिय महिला सञ्जाल कन्काई नगर समितिकी अध्यक्ष सावित्रा राजवंशीको अध्यक्षता तथा कन्काई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा क्रसर निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य शेरबहादुर थापा र सामाजिक व्यक्तित्व जयप्रसाद राजवंशीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कन्काई वडा नं. ९ वडाध्यक्ष प्रेमप्रसाद राजवंशी, कन्काई वडा नं. ८ का वडाध्यक्ष प्रेम कटुवाल, कनकाई–२ का वडाध्यक्ष पर्शुराम गीरी, सम्मानित व्यक्तित्व शेरबहादुर थापा, जयप्रसाद राजवंशीले सिकेको सिप व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य नबलकिशोर दत्त, रेडक्रस झापाका मन्त्री चन्द्रप्रसाद चुडाल, कनकाई–९ का वडा सदस्यहरु शान्ता चुडाल, राजेश सुब्बा, सुनिता सिग्देल, शारदा घिमिरे, नेपाल दलित महासंघकी केन्द्रीय सदस्य सुन्दरा ग्वागुन, महिला संघकी क्षेत्रीय सभापति बबिता बस्नेत, लीलाबहादुर कटुवाल, गोबिन्द श्रेष्ठ, शारदा घिमिरे, डिल्लिराम मैनाली, खड्ग राजवंशी, धनराज राजवंशी, डुम्बरवती राजवंशी, हिरा पराजुली लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सहजीकरण निर्मला राजवंशी, घटनी राजवंशीले गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जसोदा राजवंशी र कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here