सानै उमेरमा आकाशको सफलता: सुधारकेन्द्रको बासदेखि सुधार गृह सञ्चालकसम्म

२९ आश्विन २०७६, बुधबार मा प्रकाशित

बिर्तामोड।

बिर्तामोड–३ बिर्तावजारका आकाश खड्का सानैदेखि पढाइमा अब्बल थिए । बिर्तामोडस्थित लिटल फ्लावर्स इङ्लिस स्कूलमा उनले एसएलसीसम्मको अध्ययन गरे ।

लिटलमा पढ्दा कक्षा सातसम्म उनको पढाई अब्बल थियो । उनले हरेक परीक्षामा ‘डिस्टिङसन’ नै ल्याउँथे । जब उनी किशोरावस्थामा प्रवेश गर्छन् क्रमशः उनको पढाई कमजोर हुँदै जान्छ । उनको पढाई कमजोर हुनुको एक मात्र कारण थियो दुव्र्यसन ।

कक्षा सातमा पढ्दा उनले साथीको संगतले चुरोट सेवन गर्न थाले । विस्तारै उनले चुरोटमै गाँजा मिसाएर सेवन गरे अनि विस्तारै उनले अन्य नशालु पदार्थ (डाइजापाम, फेनारगन, लुपीजेसिक, व्राउनसुगर, ड्रक्स, खैरो हिरोइन) जस्ता लागूऔषध सेवन गर्न थाले । लागू औषधसेवनकै कारण उनको पढाइ बिग्रदै गयो । पढाई कमजोर भए पनि उनले लिटलबाटै एसएलसी उत्तीर्ण गरे र उच्च शिक्षा अध्ययनका लागि काठमाडौंस्थित गोल्डेन गेट कलेजमा उनको भर्ना भयो ।

कुन अभिभावकलाई चाहना हुँदैन आफ्ना छोरा छोरीको पढाई राम्रो होस् र उनीहरुलाई राम्रो विद्यालयमा भर्ना गराएर अब्बल बनाउ भन्ने । आकाशका अभिभावकलाई पनि त्यस्तै भयो । आमा मिरा खड्काले आकाशलाई पनि उच्च शिक्षा अध्यनका लागि काठमाडौं पु¥याइन् । काठमाडौंको नाम चलेको कलेजमा उनको भर्ना त भयो तर उनी अभिभावकको निगरानीबाट टाढिए । किशोरावस्थामा अभिभावकको प्रत्यक्ष निगरानीमा रहँदारहँदै आकाशले कुलतको बाटो रोजिसकेका थिए । अझ काठमाडौं पुगेपछि उनलाई नशालु पदार्थ सेवन गर्न अझ सहज भयो । कक्षा ११ –१२ पढ्दापढ्दै उनी यतिसम्म बिग्रिएकी उनलाई दुईपटकसम्म सुधार केन्द्र नै राख्नुप¥यो ।

छोरो कुलतमा फसेपछि अभिभावकलाई उस्तै चिन्ता । छोरो कुलतमा फसेको समाजले थाह पाऊलान् र आफ्नो सामाजिक प्रतिष्ठामा आँच आउला भन्ने अर्काे चिन्ताले झन सताएको थियो खड्का परिवारलाई । छोराको भविष्य अन्धकार भयो भन्दै खड्का परिवार धेरै दिन बिच्छिप्त भए । सुधारकेन्द्रका विषयमा कसैलाई सोध्यौं भने अरुले थाह पाउने डर, नसोधौं भने छोरो दिन प्रतिदिन कुलतमा फसेर प्रहरी हिरासतसम्म पुगिसक्यो– मिराले भनिन्– ‘त्यो बेला मर्नु जस्तै भएको थियो ।’

कुलतमा फेसेको छोरालाई सुधार्न अनेक प्रयत्न गर्दा समेत नसकेपछि अन्नत मिराले आकाशलाई बिर्तामोडस्थित एक सुधार केन्द्रमा राखिन् । तीन महिनासम्म सुधार केन्द्रमा राखेर घर फर्किएका आकाश केही दिनसम्म आफू सुध्रिएको व्यवहार देखाए पनि केही दिनपछि पुनः उनको व्यवहार विस्तारै पहिलाकै जस्तै हुँदै गयो । सुधार केन्द्रमा राख्दा पनि छोरो नसुध्रिएपछि खड्का परिवारले पुनः आकाशलाई काठमाडौंको एक सुधार गृहमा राख्यो ।

दोस्रोपटक सुधार गृहमा पुगेपछि आकाशले आफू गलत बाटोमा रहेको महसुस गर्दै अब सुध्रिएर समाजमा केही गर्ने अठोट लिए । तर, आकाशलाई आफू सुध्रिएको अभिभावकलाई विश्वस्त बनाउन निक्कै समय लाग्यो । नलागोस् पनि किन ? हिजो अभिभावकलाई अनेक वहाना बनाएर लागूऔषध किन्ने पैसा जुटाउने गरेका आकाशलाई आज आफूले लागूऔषध प्रयोग गर्न छाडेको विश्वास दिलाउन निक्कै समय लाग्यो ।

सानै उमेरमा कुलतमा फसेका आकाशले २१ वर्षको उमेरमा नै आफैंले लागूऔषध पुनस्र्थापना केन्द्र सञ्चालन गर्ने अठौट लिए । उनको अठोटलाई आमा मिराले समेत शुरुमा त पत्याइनन् । तर, आकाशले विस्तारै विश्वास दिलाएपछि आमा मिराले छोराको खुशीका लागि लागूऔषध पुनस्र्थापना केन्द्र खोल्न अनुमति दिइनन् ।

बिग्रिएको छोरोले राम्रो काम गर्न लागेको भन्दै मिराले छोराको खुशीका लागि दिएको साथले नै अहिले आकाशलाई पुनस्र्थापना केन्द्र सञ्चालन गर्ने थप हौसला मिलेको छ । कुलतमा फस्ने उमेर समूहका आकाश अहिले अरुलाई सुधार्नमा व्यस्त रहनु नै समाजका लागि उदाहरणीय काम हो । त्यसमाथि आफू कुलतमा फसेको र कुलतबाटो छाडेर समाज सुधारका लागि देखाएको अग्रसरता खड्का परिवारमा मात्र होइन सबैका लागि प्रेरणाको स्रोत बनेको छ ।

२१ वर्षको उमेरमा नै न्यू क्रिएशन फाउण्डेशन नामक सुधार गृह सञ्चालन गरेका आकाशले अहिले २० जना भन्दा बढीलाई सुधार्ने प्रयत्न गरिरहेका छन् । यस अघि पनि उनले धेरैलाई कुलतबाट छुटाएर सही बाटोमा ल्याएका छन् । सानै उमेरमा सुधार गृह खोल्ने आकाश नेपालको मात्र होइन विश्वकै पहिलो व्यक्ति हुन सक्ने आमा मिराको दावी छ । उनी भन्छिन्– ‘यदि यस्तो हो भने आकाशको नाम गिनिज बुकमा लेखाउन सकिन्छ ।’

पछिल्लो तथ्याङ्क अनुसार काठमाडौंमा मात्रै करिब ८० हजार युवायुवती लागूऔषधको कुलतमा फसेका छन् । आर्थिक रूपले अवस्था कमजोर भएका भन्दा पनि राम्रो भएका परिवारका छोराछोरी कुलतमा फस्ने समस्या बढी देखिएको छ । अभिभावकले छोराछोरीका क्रियाकलापमा समयमै चासो नदिँदा घरपरिवार उजाड जस्तै बन्ने गरेका छन् ।

छोराछोरीको उज्ज्वल भविष्यका लागि दुःख गर्ने अभिभावकले आफ्ना सन्तानका क्रियाकलापप्रति समय–समयमा चासो नराख्दा लागूऔषधको कुलतमा फस्ने समस्या बढेको हो । प्रहरी प्रधान कार्यालय, लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत एक प्रहरी अधिकारीका अनुसार लागू औषधले कतिपयको घर–परिवार उजाड बनेको छ ।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार, युवायुवती लागू औषधको कुलतमा फस्नुमा ५० प्रतिशत अभिभावकको कमजोरी देखिन्छ । लागूऔषध प्रयोग गर्नेहरूमा ३१ प्रतिशत १० जोड दुई पढ्नेहरू छन् । छोराछोरीलाई मनग्ये खर्च दिने, बाआमा विदेश बस्ने, उनीहरूका क्रियाकलापप्रति खासै चासो नदिने र एकअर्काको देखासिकीमा लाग्ने भएकाले युवामा यो समस्या बढेको हो ।

नेपालमा एक लाख ५० हजार लागूऔषध दुव्र्यसनी रहेको अनुमान गरिएको छ । गृह मन्त्रालयको लागूऔषध नियन्त्रण एकाइका अनुसार, १५ देखि २४ वर्ष उमेर समूहका दुव्र्यसनी ५२ प्रतिशत, २५ देखि ३४ वर्ष उमेर समूहको दुव्र्यसनी ४२ र ३५ वर्षभन्दा माथि उमेर समूहका ६ प्रतिशत दुव्र्यसनी छन् । त्यस्तै, शैक्षिकस्तरका आधारमा २८ प्रतिशत एसएलसीभन्दा कम अध्ययनरत्, २२ प्रतिशत एसएलसी उत्तीर्ण र ३१ प्रतिशत टेन प्लस टु गरिरहेका छन् । अरू स्नातक तहभन्दा माथि अध्ययन गरेका छन् ।

चुरोट, रक्सी र गाँजाबाट शुरु हुने लागूऔषधको लत चरेस, हेरोइन हुँदै औषधिका साथै लागूऔषधका रूपमा पनि प्रयोग हुने लागूऔषध प्रयोग गर्नपुग्छन् । उनीहरू औषधिजन्य लागूऔषध डाइजेपाम, बुनुफ्रिन र फेनारगन सुई (सिरिञ्ज)को सहयोगमा लिन बाध्य हुन्छन् । यो भनेको लागूऔषध दुव्र्यसनमा पस्ने अन्तिम ‘स्टेज’ (चरण) हो । सिरिन्जबाट लागूऔषध लिनेहरूलाई पुनर्जीवन दिन कठिन हुने गरेको पाइएको छ ।

लागूऔषधका कारण घर–परिवार र समाजमा झंैझगडा, द्वन्द्व र अशान्तिसँगै चोरी, डकैती, लुटपाट, आगजनी, काटमार र तोडफोड, बलात्कार, आत्महत्या जस्ता जघन्य अपराध हुने गरेका छन् । त्यस्तै, एचआईभी÷एड्स, यौनजन्य अन्य रोग, हेपाटाइटिस बी र सी, क्षयरोग तथा मानसिक रोगजस्ता प्राणघातकसमेतका रोग लाग्नेगरेका छन् । लागू औषधको प्रयोग नेपाली समाजका लागि मात्र नभई विश्वका लागि नै ठूलो शत्रुका रूपमा देखापरेको छ । यसका कारण विश्वमा वर्षेनि साढे दुई लाख मान्छे लागूऔषधको कुलतमा फस्ने गर्छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को तथ्याङ्कमा विश्वमा १४ करोड लागूऔषध दुव्र्यसनी रहेको पाइएको छ ।

साथी संगतले कुलतमा फसेका आकाश अहिले विगतलाई प्रति निक्कै पश्चताप छ । तर, सुधार गृह सञ्चालन गरेर धेरैलाई असल बाटोमा ल्याउन पाएकोमा भने उनी निक्कै खुशी छन् । उनी भन्छन्– सुधार गृहमा हुँदा म आफूले आफूलाई खोज्न थाले र म गतल बाटोमा रहेछु भन्ने बुझेपछि आफूले पनि सुधारगृह खोल्ने निर्णय सुधार गृहमा नै गरेको थिए ।

समाजमा राम्रो काम गरेको भन्दै अहिले आकाशलाई हेर्ने दृष्टिकोण विगतको भन्दा आकाश पताल फरक छ । छोराले आफ्नै ठाउँमा सुधार गृह सञ्चालन गरेर राम्रो काम गरेको भन्दै आमा मिरा पनि अहिले दंग छिन् ।

पछिल्लो समय झापामा पनि लागूऔषधको कारोवार दिन प्रतिदिन बढ्दो छ । खुल्ला सीमानाका कारण सहज रुपमा लागूऔषध झापा भित्रिने गरेको र प्रहरीले निगरानी बढाए कारोवारीले भारतीय बजारमा सहजै लागूऔषध सेवन गर्न सक्ने भएकाले यसलाई रोक्न प्रहरीलाई निक्कै ठूलो चुनौति रहेको आकाशको वुझाइ छ ।
(कुराकानीमा आधारित)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here