कथा
सुरञ्जन घिमिरे,
बर्खाभरिको काम सकेपछि मानप्रसादलाई केही फुर्सद मिलेको थियो । ‘पढ्नुपर्छ’ अग्रज र आफन्तबाट सानैदेखि उसले सुन्दै आए पनि घरायसी काम र व्यवहारले पढाइको तारतम्य मिलिराखेकोे थिएन । मानप्रसादलाई पनि नपढ्न मन नलागेको कहिल्यै होइन ।
तर, परिवारको निम्न आर्थिक हैसियत त्यस रहरका लागि तगारो बनेको थियो । हजुरबा, बाहरुले पढिभ्याएका रुद्री, चण्डी र गीताका श्लोक उसले पनि उच्चारण गरेको हो । घर व्यवहारको व्यस्त दैनिकी कै बाबजुद उसले पाँच, सात वर्षअघि नै एसएलसी दिएको हो ।
तर दुर्भाग्य ! गणित र अंग्रेजी नामका दुई हाउगुजी विषयसँग उसको ग्रहदशा कहिलै शित्तल देखिएन । तिनै दुई विषय कटाउन नसकेसँगै उसको क्याम्पस जाने सपना तुहियो, उच्च शिक्षा लिने बाटो बन्द भयो । सहपाठीहरु पढाइको माथिल्लो तहमा पुगेसँगै मानप्रसादमा पढ्ने इच्छा पनि त्यसै–त्यसै हराउँदै गयो ।
बरु कृषि कर्म र आठपाँच फर्निचर सामग्री निर्माणमा पो ऊ लहसिन थाल्यो । घरमा पालेका बस्तुभाउको रेखदेख गर्ने, खेतमा ज्यालादारीमा हलो जोत्ने, बाउसो गर्ने र काठका विभिन्न सामग्री निर्माणमा ऊ अब्बल दरिन थाल्यो ।
यसबाट उसले परिवारको स्याबासी, गाउँलेको ढाडस मात्रै नपाएर अन्न उत्पादन र पारिवारको आर्थिक गर्जो टार्न शुरु ग¥यो । विद्यालयकालीन समयमा जेहेन्दार दर्जामा गनिने मानप्रसादका सहपाठीहरु अहिले निक्कै राम्रो ओहोदामा पुगेको देख्दा उसलाई हर्ष लाग्छ । साथै पारिवारिक जिम्मेवारी र व्यवहारको तानाबुनाले आफूलाई बाँधेको देख्दा थक–थक पनि ।
‘साहित्य भनेको जीवनको दर्पण हो’ –भखैरै दशैं मनाउन काठमाडौंबाट गाउँ आएको राजुले मानप्रसादलाई भन्यो– ‘यसमा हाँसो, रोदन, सुख, दुःख सबैलाई समेटेको हुन्छ ।’
राजुको यस उपदेशले मानप्रसादमा साहित्य पढ्ने विचार पलायो । तर, गाउँमा चैत, वैशाखमा भित्तेपात्रो, राशिफल, बोर्डिङका किताब, असार, साउनमा नाग देवताका फोटा र असोज कात्तिकमा हिरो, हिरोइनका पोष्टर बेच्ने बाहेक पुस्तक पसल थिएनन् ।
‘तर हाम्रो गाउँमा साहित्यका किताब पाइँदैनन्’ –मानप्रसादले निराश भावमा राजुलाई सुनायो । चार वर्षअघि काठमाडौं गएको राजुले आफूलाई उपन्यासकारका रुपमा उभ्याइसकेको थियो । राजुले हालसालै आफ्नो पहिलो उपन्यास ‘तिम्रा लागि म छु’ आफ्नै पैसाले प्रकाशित गरेर विमोचन पनि गरेको हुँदा राजुले मानप्रसादलाई त्यही उपन्यास किनेर पढ्न सुझायो ।
तीन सय पचास रुपैयाँ मोल बताउँदै आफ्नो उपन्यास पाइने पुस्तक पसल पनि मानप्रसादलाई चिनाएर केही दिनपछि राजु काठमाडौं फर्कियो । मानप्रसादको मनमा राजुको उपन्यास पढ्ने इच्छा पलायो ।
एकदिन बिहानै गोजीमा पाँच सय रुपैयाँको नोट बोकेर आफ्नो पुरानो साइकल चढी मानप्रसाद गाउँभन्दा अलि टाढा रहेको राजुले भनेको पुस्तक पसल जान हिँड्यो ।
मानप्रसाद चाइकल चलाएर अलि परमात्र के पुगेको उसको साइकलको चेन फुस्कियो । उसले साइकल रोकेर हे¥यो । चेन फुस्किएको मात्रै होइन चुढिएकै रहेछ । चुढिएको चेन मानप्रसादले साइकलको क्यारियरमा च्याप्यो । त्यहाँ नजिकै साइकल मर्मत गर्ने ग्यारेज नभएकाले साइकल डोहो¥याउँदै मानप्रसाद ग्यारेजको खोजीमा हिँड्यो ।
‘चेनको एउटा घाट उछिट्टिएको छ । फेरेर बनाउन सय रुपैयाँ लाग्छ’ –साइकल ग्यारेजको मेकानिकले मानप्रसादलाई भन्यो ।
‘बनाइदिन’ –मानप्रसादले खिन्न हुँदै भन्यो ।
केहीबेरमै साइकल तयार भयो ।
टुँडुरुङटुँङ, टुँडुरुङटुँङ, टुँडुरुङटुँङटुङ…..
मानप्रसादको खोजीमा भएको नोकियाको बाह्रसय आठ मोडलको फोनको घण्टी बज्यो ।
‘हेल्लो’– हरियो बटम दबाएर मानप्रसाद बोल्यो ।
‘तँ काँ छस् ?’ घरबाट बाबुको फोन रहेछ । सोधे ।
‘एकछिन एउटा सानो कामले बजार आएको छु’– मानप्रसादले भन्यो ।
‘पैसा बोकेको छस् ?’ बाबुले अ¥हाए– ‘याँ गाईको खोलेमा हाल्ने नून हर्जा प¥यो । माइलाको पसलमा सकिएको रहेछ । फर्केर आउँदा दश–पन्ध्र केजी लिएर आइज ।’
यति भन्दै बाबुले फोन राखे ।
राजुको उपन्यास पढिछाड्ने मानप्रसादको असीम इच्छाका अघिल्तिर गाईलाई खुवाउने नून सानोतिनो पहाडै भएर उभियो । उसले नूनको परिमाणमा केही कटौती गरेर भए पनि उपन्यास पढिछाढ्ने पुरानो अडान कायम राख्यो ।
किनभने राजुले मानप्रसादलाई केही दिनअघि मात्रै दर्शाएको थियो– ‘साहित्य भनेको जीवनको दर्पण हो । यसमा हाँसो, रोदन, सुख, दुःख सबै मिसिएको हुन्छ …..।’
मनमा यही दर्शन सम्झिँदै मानप्रसादले साइकलको हेन्डल बजारतिरै सोझ्यायो । पाइडल चलाइको रफ्तार बढायो ।
केही पर एउटा सानो खोलो थियो ।
खोलो तर्न साइकलको गति अलिक कम गरेको बेला छेवैको काँस घारीमा मानप्रसादले एउटा दरिद्र वृद्ध देख्यो ।
घाम लाग्ने मौषम भए पनि मध्यान्न नभएसम्म हावामा बहने चिसोले कामीरहेको त्यो व्यक्तिदेखि मानप्रसादका मनमा करुण भरिएर आयो ।
खोलावारी नै साइकल स्टेन्ड लगाएर मानप्रसाद त्यस व्यक्तिको नजिक गयो । बोल्न नसक्ने उक्त व्यक्तिले मानप्रसाद समक्ष सहयोगापेक्षी हात तेस्र्यायो । आफ्नो गाउँ वरपर कहिल्यै नदेखिएका यी दरिद्र व्यक्ति त्यस स्थानमा नयाँ थिए ।
कतै जाँदै गर्दा बाटो भुलिएर यहाँ आइपुगेको हुनसक्ने अनुमान गर्दै नजिकैको एउटा घुम्तीबाट मानप्रसादले केही खानेकुरा किनेर ल्याई त्यस व्यक्तिलाई दिँदै खोला तर्न सहयोग ग¥यो ।
खानेकुरा दिने र खोला तारिदिने मान्छे भेटेकाले होला त्यो व्यक्ति पहिलेभन्दा केही स्फूर्त देखियो । मनमा अलिकति खुसी सङ्गाल्दै मानप्रसादले साइकल अघि बढायो ।
साइकल नबनाई बजार नपुगिने, गोठमा नून नलगे गाईको पेट नउक्सिने, दरिद्र र अशक्त व्यक्तिलाई सकेको सहयोग नगरी मनले नमान्ने….
यस्ता अन्तरद्वन्द्वहरु साइकलको फ्रिबलमा चेन घुमेसरि मन–मष्तिष्कमा घुम्दा–घुम्दै मानप्रसाद बजार पुग्यो । मानप्रसाद बजार पुग्नासाथ राजुले भनेको पुस्तक पसलमा गयो । ‘राजु शर्माको तिम्रा लागि म छु उपन्यास छ ?’ –मानप्रसादले सोध्यो ।
‘छ’ –पसलेले भन्यो– ‘कतिवटा दिउँ ?’
‘एउटा मात्रै’ मानप्रसादले तीन सय पचास रुपैयाँ पसलेलाई बुझाउँदै उपन्यास पट्याएर पाइन्टको गोजीमा राख्यो ।
टुँडुरुङटुँङ, टुँडुरुङटुँङ, टुँडुरुङटुँङटुङ…..
फेरि घरबाट बाबुको फोन आयो ।
‘तँ काँ छस् ?’ बाबुले सोधे ।
‘बजारमै छु ब्वा’ पसलकै अगाडिबाट उसले भन्यो ।
‘नून किनिस् ?’
‘छैन’
‘यसो गर’ –बाबुले भने– ‘नून बरु यही कसैबाट पैचो चलाउँला । याँ आमालाई बिहानदेखि पखाला चलेर रोकिएन । ज्वरो पनि आएको छ । तुरुन्तै डाइरिया र ज्वरोको औषधि लिएर घर आइहाल ।’
मानप्रसादले गोजी छामी हे¥यो ।
औषधि किन्न पुग्ने पैसा गोजीमा नभएको बुझेपछि मानप्रसादले उपन्यास पसललेलाई नै फिर्ता दिने निर्णय ग¥यो । आमाको स्वास्थ्यका अगाडि उपन्यासको दर्शन या मनोरञ्जन मानप्रसादलाई सानो र फिक्का लाग्यो ।
‘भाइ ! यस्तो कच्याककुचुक पारेको किताब फिर्ता गर्न सकिँदैन’ –पसलेले उपन्यास फिर्ता लिन इन्कार ग¥यो ।
‘एक पटक सरक्क पट्याएको त हो नि कच्याककुचुक पारेको छ र ?’ –मानप्रसादले भन्यो ।
केहीबेरको यस्तै विवादपछि पसलेले उपन्यास लिएर अफ्ट्यारो मान्दै पैसा फिर्ता दियो ।
यसपछि मानप्रसाद नजिकैको औषधी पसलमा गएर बाबुले भनेबमोजिम औषधि र केही प्याकेट जीवनजल बोकेर घरतिर फर्कियो । बजार आउँदाभन्दा घर फर्किंदा मानप्रसादले साइकल बढी रफ्तारमा हाँक्यो । निक्कै रफ्तारमा ।