नेहितमा ६ दिनदेखि विद्युत अवरुद्ध

२७ माघ २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड ।

इलामको रोङ गाँउपालिका–१ स्थित नेहितमा बिगत ६ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध हुदाँ अन्धकारमा बस्नु परेको स्थानीय इन्द्र अधिकारीले जानकारी दिए ।

विद्युत प्राधिकरण फिक्कल शाखामा पटक–पटक जानकारी गराउँदा समेत प्राधिकरणले चासो नदिदाँ ६ दिनसम्म पनि अन्धकारमा नै बस्नु बाध्य हुनुपरेको स्थानीयले बताएका छन् ।

विद्युत सेवा अवरुद्ध हुदाँ ५० घरपरिवार अन्धाकरमा बस्नुपरेको अधिकारीले बताए । लामो समयसम्म विद्युत सेवा सुचारु नहुदाँ सञ्चार बिहिन हुनुपर्ने अवस्था सिर्जना भएको स्थानीयले बताए ।

यता विद्युत प्राधिकरण फिक्कल शाखाका प्रमुख शकरसिंह कोइरीले तत्काल समस्या समाधान गर्ने बताएका छन् । उनले दुई वटा टान्सर्फमर बिग्रिएकाले लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुन पुगेको उल्लेख गरे ।

प्राधिकरणले तुरुन्त सममस्या समाधान गर्ने भन्दै पहाडी क्षेत्रमा विद्युत प्रशारणमा समस्या हुने गरेको बताए । अन्यत्रबाट वैकल्पिक ब्यवस्था गरेर भएपनि मंगलबार बेलुकीसम्ममा विद्युत सुचारु गर्ने प्रमुख कोइरीले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here