अर्जुनधारा जेसीजको सातौं पद हस्तान्तरण

२७ माघ २०७६, सोमबार मा प्रकाशित

अर्जुनधारा ।

अर्जुनधारा जेसीज शनिश्चरेको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । जेसीज वर्ष २०१९का अध्यक्ष टिकाराम गौतमको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जेसीज आस्था वाचन सुष्मा त्रिखत्री र स्वागत बिमला भट्टराईले गरेका थिए ।

कार्यक्रममा वर्ष २०१९का अध्यक्ष गौतमले वर्ष २०२०का नवनिर्वाचित अध्यक्ष भाष्कर भट्टराईलाई जेसीज चेन पहिराएर पद हस्तान्तरण गरेका थिए । त्यसैगरि वर्ष २०१९का अध्यक्ष गौतम र प्रथम महिला सुनिता खड्का तथा वर्ष २०२०का अध्यक्ष भट्टराई र प्रथम महिला पुष्पा कोइरालाबिच उपहार आदान प्रदान भएको थियो ।

त्यसैगरि जेसीजका संस्थापक अध्यक्ष इन्दीवर खड्का र वर्ष २०१४का अध्यक्ष वसन्त सोमानीद्वारा स्थापित भीमबाबु–राधाकृष्ण स्मृति पुरस्कारबाट पत्रकार पुष्पा जवेगु र दिपक क्षेत्रीलाई जनही नगद पुरस्कार २५ सय र सम्मान पत्रबाट सम्मानित गरिएको थियो । त्यस्तै वर्ष २०१९का उत्कृष्ट जेसीकोरुपमा बिमला भट्टराईलाई सम्मानित गरिएको थियो ।

जेसीजका विभिन्न गतिविधिहरु सम्प्रेषण गरि सहयोग पु¥याउने अर्जुनधारा र बिर्तामोडका सात वटा सञ्चार माध्यमलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा पूर्वाञ्चल दैनिक, विवेचना दैनिक, जनआन्दोलन साप्ताहिक, मेरो रेडियो, आमसञ्चार डट कम, न्यूज सञ्जाल डट कम र यलम्बर टाइम्स डट कमलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भट्टराई, कार्यकारी उपाध्यक्षद्धय राजन साम्पाङ र सुरेश थापा, उपाध्यक्षहरु दिपेश पनेरु, प्रेम खड्का, भवानी बराल र सुष्मा त्रिखत्रीलगायतलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रम संयोजक सुरेश थापाको संयोजकत्वमा आयोजित कार्यक्रमको सञ्चालन वर्ष २०१९का महासचिव भाष्कर भट्टराई र वर्ष २०२०का महासचिव बसन्त बुढाथोकीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here