अलैंची सूचना तथा अनुसन्धान केन्द्रको निर्माण धमाधम

0
1218

विर्तामोड।

झापाको विर्तामोड–७ को हर्कलाल मार्गमा नेपाल अलैंची व्यवसायी महासंघको व्यवस्थापनमा निर्माण शुरु गरिएको अलैंची सूचना तथा अनुसन्धान केन्द्रको निर्माणकार्यलाई तीव्रता दिइएको छ ।

निर्माणाधीन भवनको निर्माण लकडाउनका कारण रोकिएपनि सामाजिक दूरी कायम राख्दै निर्माण कार्य अघि वढाइएको नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए । निर्माणाधीन भवनको बुधवार दोस्रो तलाको ढलाइ समेत सकिएको उनले बताए ।

अलैंची व्यवसायीहरुकै आर्थिक सहयोगमा विर्तामोड–७ को हर्कलाल मार्गमा खरिद गरिएको दुई कट्ठा दुई धुर जग्गामा निर्माण भइरहेको सुचना तथा अनुसन्धान केन्द्र एवम् सचिवालय भवनको पहिलो तलामा सभाहल र सचिवालय एवम् दोस्रो तलामा व्यवस्थित सूचना तथा अनुसन्धान केन्द्र सञ्चालन गरिने महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले जानकारी दिए ।

भवन निर्माणका लागि १ नं प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गरेको छ भने संघीय कृषि मन्त्रालयले पनि भवन निर्माणमा सहयोग गरेको महासंघका महासचिव भट्टराईले जानकारी दिए ।

तीनतले सो भवनको लागत स्टिमेट दुई करोड रहेकोमा हालसम्म ८० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको महासंघका महासचिव भट्टराईले जानकारी दिए । भवनको ८० प्रतिशत निर्माण कार्य पूरा गरेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here