लक्ष्मी साइकल स्टोरद्धारा शोरुमको शुभारम्भ

0
609

उमानाथ भण्डारी,
कमल ।

लक्ष्मी साइकल स्टोर दमकले साइकल शोरुमको शुभारम्भ गरेको छ ।

दमक–५ स्थित लक्ष्मी साइकल स्टोरले आफ्नै नयाँ भवनमा साइकल शोरुमको आयोजना गरेको हो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र पूर्व अध्यक्ष प्रकाश प्रसाईले शोरुमको शुभारम्भ गरेका थिए ।

शुरुका दिनमा साइकल मर्मतबाट सेवा शुरु गरेको लक्ष्मी साइकल स्टोरले तीन दशकभन्दा बढी समयदेखि साइकल खरिद–बिक्रीको सेवा दिँदै आएको छ ।

साइकल स्टोरका सञ्चालक कृष्ण शाह तेलीले २०४४ सालबाट साइकल बनाउने सेवा शुरु गरेर अहिले करिब एक करोड बढीको लगानीकामा आधुनिक साइकलका बिभिन्न पार्टस, साइकलका पारखी युवा पुस्ताको मागलाई ध्यान दिएर सेवा दिइन शुरु गरेको बताए ।

माउण्टेन वाइक, गियर साइकल, बच्चाका लागि किड्स साइकल, वाकर, ट्राई साइकल, केटाकेटीको खेलौना, जिम र फिट्नेटका सामानको खुद्रा तथा थोक बिक्रेता रहेको सञ्चालक शाहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here