बिर्तामोड ।

नारी संकल्प संस्था (नासा)को आयोजना तथा बिर्तामोड नगरपालिका वडा नं. ४ को सहयोगमा तीन दिने नेतृत्व विकास तालिम शुरु भएको छ ।
बिर्तामोड नगरपालिकाको वडा नं. ४ को वडा कार्यालयमा बिहीबार तालिमको उद्घाटन गरिएको हो । नारी संकल्पकी अध्यक्ष तुलसा मैनालीको अध्यक्षतमा भएको कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नारी संकल्पकी कार्यक्रम संयोजक शिला ढकाल, बिर्तामोड–४ का वडा सदस्यहरु कविता थापा, निर्मला ल्वागुन, टोल विकास संस्थाका सञ्जिव चापागाई, वडा सचिव नन्दलाल आचार्य, प्रशिक्षक केशव भट्टराई, स्वस्तिका आचार्य लगायतको आतिथ्य रहेको थियो ।
आशा बानियाँले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत दिपा भण्डारीले गरेकी थिइन् । तालिममा ६० जनाको सहभागिता रहेको बताइएको छ । कार्यक्रमको सञ्चालन नारी संकल्पकी सचिव हिमादेवी प्रसाईंले गरेकी थिइन् ।































