अर्जुनधारामा विद्यार्थीबाट चन्दा उठाए विद्यालयलाई कारबाही

0
1090

बिर्तामोड ।

झापाको अर्जुनधारा नगरपालिकाले सरस्वतीको पूजाको नाममा विद्यार्थीबाट चन्दा उठाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

पूजाको नाममा विद्यालयबाटै विकृति मौलाउँदै गएको भन्दै नगरपालिकाले बिहीबार सूचना जारी गर्दै उक्त चेतावनी दिएको हो । फागुन ४ गते श्रीपञ्चमी पर्व (सरस्वती पूजा) परेको हुनाले उक्त पर्व मनाउने नाममा विद्यालयले विद्यार्थीहरूबाट कुनै किसिमको चन्दा उठाउन बाध्य नबनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।

२०७७–११–४ गतेका दिन श्रीपञ्चमी (सरस्वती पूजा) परेका हुनाले उक्त पर्व मनाउने नाममा विद्यालयले आफ्ना विद्यार्थीहरुबाट कुनै पनि किसिमको चन्दा उठाउन बाध्य नबनाउनु हुन जानकारी गराइन्छ,’ प्रमुख प्रशासकीय अधिकृत महेन्द्र कुमार खाम्याहाङले जारी गरेका सूचनामा उल्लेख छ, ‘यदि कुनै पनि सामुदायिक, धार्मिक र संस्थागत विद्यालयले विद्यार्थीबाट चन्दा रकम उठाइएको छ, भने उक्त रकम तत्काल सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्नुहुन पनि यसै सूचनाद्वारा जानकारी गराइन्छ । यो सूचना विपरीत कुनै पनि किसिमको काम गरेमा नियमानुसार कारबाही गरिने निर्देशनअनुसार अनुरोध छ।’

सरस्वती पूजाको नाममा विद्यालयले विद्यार्थीबाटै चन्दा उठाउने गर्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here