कांग्रेस नेता थेवेलाई पितृ शोक

0
1102

बिर्तामोड, नेपाली कांग्रेस झापाका पूर्व उपसभापति तथा भातृ संघसंस्था समन्वय विभाग प्रमुख देउमान थेवेलाई पितृ शोक परेको छ । उनका वुवा प्रजातान्त्रिक आन्दोलनका अगुवा कृतिमान थेवेको ९५ बर्षको उमेरमा निधन भएको हो ।
२०१२ सालदेखि कांग्रेस प्रवेश गरी प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका कृतिमान थेवेको कनकाई–३ स्थित निजी निवासमा आज अपरान्ह ३ः३० बजे निधन भएको हो ।
कृतिमान नेपाली कांग्रेस ताप्लेजुङका तत्कालीन कोषाध्यक्ष समेत रहेका कृतिमान २०२० सालदेखि पञ्चायतमा प्रवेश गरी ताप्लेजुङ जिल्लाको साविक आम्बेगुदिन गा.वि.स.का तीन कार्यकाल प्रधानपञ्चको जिम्वेवारी निर्वाह गरेका उनी २०८४ साल साउन १० गते जन्मिएका थिए ।
तीन कार्यकालसम्म साविक आम्बेगुदिन तथा हाल सिरिजंगा गाउँपालिका ताप्लेजुङको तीन कार्यकालसम्म निरन्तर प्रधानपञ्च भई गाउँको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
थेवे २०३८ सालमा आफ्नो पैतृक थाकथलो छाडेर झापा जिल्लाको साविक टाँगनडुब्बा (झापा गाउँपालिका–१) सितुबाडीमा सपरिवार बसाई आएका थिए ।
झापा आएपश्चात पुनः नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुभएका थेवेको बुढ्यौलीका कारण निधन भएको उनका छोरा देउमान थेवेले जानकारी दिए । पछिल्लो समय कनकाई–३ सुरुङ्गा बजारनजिकै बसोबास गर्दै आएका थेवेको सोही स्थानमा निधन भएको हो ।
यसअघि नै दुई छोराहरु पूर्णकुमार र तिलविक्रम तथा बुहारी डम्बरकुमारी र श्रीमती दधिमाया र जेठी छोरी विष्णुमायालाई गुमाइसकेका कृतिमानको बैशाख ९ गते दिनको १२ बजे कनकाई माईमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
मृतक थेवेका छोरा देउमान थेवे, बुहारीहरु शावित्रा, डम्बरकुमारी र सातजना छोरीहरु रहेका छन् । सात छोरीहरुमा स्व. विष्णुमाया, नरमाया, तारा, विमला, मनमाया, हेमा, र सीता रहेका छन् । प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा नेपाली कांग्रेस झापाका पूर्व उपसभापति तथा भातृ संघसंस्था समन्वय विभाग प्रमुख देउमान थेवेलाई परेको पितृशोकप्रति नेपाली कांग्रेस झापाले गहिरो शोक ब्यक्त गरेको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले एक शोक बक्तब्य जारी गर्दै थेवेको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाएका छन् ।
कृतिमानको अन्त्येष्टिका लागि नेपाली कांग्रेसका केन्द्रीय नेताहरु कृष्ण प्रसाद सिटौला, केशवकुमार वुढाथोकी, सुधीरकुमार सिवाकोटी लिदिप राई सहितका नेता आउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here