पाथीभरा टोल सुधार संस्थाको नेतृत्व चयन

२४ बैशाख २०७५, सोमबार मा प्रकाशित

बिर्तामोड, बैशाख २४। पाथीभरा टोल सुधार संस्था बिर्तामोड बिर्तामोड–५ को अध्यक्षमा मोहनप्रसाद ओली चयन भएका छन् ।
संस्थाको ११औं वार्षिक साधारणसभाले ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष नारायण भण्डारी, सचिव बालकृष्ण रिमाल, सह–सचिव रुपा श्रेष्ठ, कोषाध्यक्ष छविरमण बराल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रामप्रसाद उप्रेती, नवराज खतिवडा, तोयानाथ दाहाल, राजेश प्रसाईं, बुनु थपलिया, भोला अधिकारी रहेका छन् । सोही साधारणसभाले तीन सदस्यीय वरिष्ठ सल्लाहकार समिति गठन गरेको छ । समितिका सदस्यहरुमा भुपालप्रसाद खरेल धु्रवकुमार शिवाकोटी, टेकबहादुर श्रेष्ठ रहेका छन् । त्यस्तै सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा तेजप्रसाद शिवाकोटी, पदम प्रसाई, अनिता निरौला, शान्तिराम आचार्य, नारायण चिमरिया, गोविन्द खतिवडा, बुद्धिप्रसाद चापागाईं रहेका छन् ।
सोही साधारणसभाले लक्ष्मी आचार्यको अध्यक्षतामा महिला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पारुग ओली, सचिव कमला प्रसाईं, सहसचिव उर्मिला भट्टराई, कोषाध्यक्ष गीता शिवाकोटी रहेका छन् । त्यस्तै सदस्यहरुमा संगीता चिमरिया, गीता प्रसाईं, शोभा भण्डारी, सीता आचार्य, दिक्षा बराल, अनिता संग्रौला रहेका छन् । त्यस्तै वरिष्ठ सल्लाहकार समितिमा अम्बिका शिवाकोटी, सुनिता चम्लागाईं, दुर्गा चुडाल रहेका छन् ।
त्यस्तै सल्लाहकार समितिमा उमा फुयाल, गीता कार्की र गोमा खतिवडा रहेका छन् । पाथीभरा टोल सुधार संस्थाका अध्यक्ष टेकबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष मोहनप्रसाद ओलीले स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड वडा नं. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, त्रिवेणी टोल सुधार संस्थाका अध्यक्ष लक्ष्मी आचार्य, मित्रनगर टोल सुधार संस्थाका सल्लाहकार सनतकुमार ओलीले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्यक्रममा २०७४ सालमा पाथीभरा टोल सुधार संस्थामा आबद्ध सदस्यहरुमध्ये पहिलो सन्तानको रुपमा जन्मिएका लिवेश दाहाललाई ज्येष्ठ सन्तानको रुपमा सम्मान गरिएको थियो ।
संस्थाका सल्लाहकार तथा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त सम्मान लेखनाथ र विनिता दाहालका छोरा लिवेश दाहाललाई पाँच हजार रुपैयाँसहित दोसल्ला ओडाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
त्यस्तै पाथीभरा टोल सुधार संस्थामा आबद्ध सदस्यहरुमध्येका ज्येष्ठ नागरिक ८८ वर्षीय जयनारायण कडरिया, उत्कृष्ठ बुहारी अम्बिका आचार्य, घर, सरसफाई गर्ने अञ्जना अधिकारीलाई उत्कृष्ट सरसफाईकर्ता घोषित गरी सम्मान गरिएको थियो ।
त्यस्तै संस्थाले आयोजना गरेको चित्रकला प्रतियोगितामा विजयी हुने १८ जना बालबालिकाहरुलाई चित्रकला पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै संस्थाका संस्थापक अध्यक्ष शिवकुमार कडरियालाई समेत सम्मान गरिएको थियो । सोही कार्यक्रममा संस्थाका आजीवन सदस्य पदम र कमला प्रसाईंले स्वर्गीय मातापिता नरप्रसाद र चन्द्रमाया प्रसाईंको स्मृतिमा चन्द्रमाया एसईई उत्कृष्ट पुरस्कार घोषणा गरेका थिए ।
पाथीभरा टोल सुधार संस्थामा आबद्ध सदस्यहरुको छोराछोरीमध्ये शैक्षिकसत्र २०७४ देखि एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई पाँच हजार पाँच सय ५५ रुपैयाँको उक्त पुरस्कार प्रदान गरिने बताइएको छ । कार्यक्रमको सञ्चालन पाथीभरा टोल सुधार संस्थाका सचिव बालकृष्ण रिमालले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here