पथरी नगर प्याव्सनद्वारा आर्थिक सहयोग तथा सम्मान

0
782

पथरीशनिश्चरे, 


नीजि तथा संस्थागत विद्यालयहरुको साझा संगठन (प्याव्सन) पथरीशनिश्चरे नगरसमिति मोरङले पथरी क्षेत्रमा लामो समयदेखि अध्यापन गर्नु हुने व्यक्तित्वलाई सम्मान तथा सहयोग गरेको छ ।

एभरेष्ट बोर्डिङ स्कुलको सभाहलमा प्याप्सन नगरसमितिले आफ्नो दोस्रो अधिवेशनको उद्घाटन गर्दै पुराना शिक्षक, तथा कर्मचारीहरुलाई सम्मान गर्नुकासाथै हाल उपचारका क्रममा रहेका एक संचारकर्मीरलाई आर्थिक सहायता प्रदान हो ।

उक्त अवसरमा नगरसमितिद्वारा आर्थिक अभावका कारण समस्या झेलिरहेका कलेजो रोग पीडित पत्रकार बिजय खम्बू राईलाई ११ हजार सहयोग हस्तान्त्रण गरिएको थियो । उनी हाल धरानको बीपी कोइराला स्वास्थ्य अस्पतालमा उपचाररत छन् ।३३ बर्षिय पत्रकार बिजय खम्बू राई उपचार कोष समितिको संयोजक अर्जुन जम्नेली राईलाई प्याव्सन पथरीशनिश्चरेका निवर्तमान अध्यक्ष उपेन्द्र कडेंलले उक्त रकम बराबरको चेक हस्तान्त्रण गर्नु भएको थियो ।

सोहि अवसरमा पथरिशनिश्चरे क्षेत्रको एभरेष्ट बोर्डिङ स्कुलमा विगत ३० वर्षदेखि निरन्तर अध्यापन गर्दै आएका जगनाथ नेपाल र २३ बर्षदेखि कार्यरत कर्मचारी कुन्ता गुरुङलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

सोहि अवसरमा कोरोना भाइरसको संक्रमितहरूलाई राहत स्वरुप साढे पाँचलाख नगद सहयोग उपलब्ध गराएको र कोरोना पीडित बनेका मिक्लाजुङ प्याब्सन अध्यक्ष बिकास गुरुङलाई एक लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको आर्थिक प्रतिवेदन सुरेन्द्र लिम्बूले प्रस्तुत गरेका थिए । आर्थिक सहायता प्रदान गरिएका गुरुङको उपचारको क्रममा निधन भएको थियो ।

यसैबीच प्याब्सन पथरीले वडा नं ५ को जनता माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो भने खेलकुद विकासको लागि अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम गरेको उल्लेख गरिएको छ ।
नगर समितिका अध्यक्ष उपेन्द्र कँडेलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिति पथरशनिश्चने नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले शैक्षिक स्तर उकास्न लागिपर्ने बताएकी छन् ।

नगरको शिक्षा समितिमा आफू बस्न चाँहदा चाहदै पनि वातावरण अनुकुल नबनेको भन्दै आफ्नो विगतको शैक्षिक अवस्था स्मरण गर्नु भएको थियो । उहाँले नगरभित्र अहिले सरकारी र निजी गरी ६७ वटा विद्यालय हुनु खुसीको कुरा भएको बताएकी हुन् ।

उपप्रमुख बिष्टले राजनीतिक पहुँचको आधारमा विधालयमा कार्यरत शिक्षक तथा कर्मचारीले कामचोर गर्नु नैतिकहिन कार्य भएको टिप्पणी गरेकी थिइन् । अविलम्व सबै नीजि तथा सरकारी विद्यालयमा अध्ययनरतलाई कोरोना भाईरस विरुद्धको खोप लगाउन पहल गरिने बताइएको छ ।

नगरको शिक्षा विभाग प्रमुख (उपसचिव) सालिग्राम काफ्लेले सरकारको नीति तथा नियमभित्र रहेर शैक्षिक क्षेत्रलाई सहज गर्ने कोशिस गरेको बताए । संघीयता लागू भएपछि देशमा शिक्षा क्षेत्रमा भएको दरबन्दी मिलन सहज भएको उल्लेख गर्दै नगरमा शिक्षा क्षेत्रमा रहेको विकृतिको अन्त्य गर्न लागि परेको काफ्लेले बताए ।

कार्यक्रममा नगरको शिक्षक महासंघको अध्यक्ष अर्जुन बुढाथोकी, एन प्याब्सनका नगर अध्यक्ष थिरप्रसाद आचार्य लगायतले शुभकामना ब्यक्त राख्नु भएको थिए ।

साथै, पथरी नगर प्यब्सनको दोस्रो अधिवेशनले सुरेन्द्र लिम्बूको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

समितिको सचिवमा सन्तोष बस्नेत, कोषाध्यक्षमा खड्गबहादुर श्रेष्ठ, सदस्यहरुमा क्रमशस् सुजन बास्तोला, भोगेन्द्र बस्नेत, दुर्गाप्रसाद ढकाल सर्वसम्मत चयन भएका छन् ।

एक सदस्य नयाँ समितिले पछाडी मनोनित गर्ने बताएका छन् । हाल पथरीशनिश्चे प्याब्सनमा नगरभित्र २२ वटा विद्यालय आवद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here