जन्मदिनमा पूर्वविद्यार्थीको आर्थिक सहयोग

0
708

दुहागढी ।

जन्मदिनको अवसर पारेर पूर्व विद्यार्थीले झापा मेचीनगर १४ दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयलाई २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

पूर्व विद्यार्थी हाल इलाका प्रहरी कार्यालय वसन्तपुर तेह्रथुमका प्रमुख प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले आफू पढेको विद्यालयमा जन्म दिन मनाएर विद्यालयलाई सहयोग गरेका हुन् ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बिच पूर्व विद्यार्थी श्रेष्ठले विपन्न विद्यार्थीहरुको हितमा खर्च गर्ने गरी नगद २० हजार रुपैयाँ विद्यालयका प्रधानाध्यापक विश्व थापालाई हस्तान्तरण गरेका थिए ।

सो क्रममा प्रहरी निरीक्षक श्रेष्ठले जन्मदिनमा फजुल खर्च गर्ने परिपाटी बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै जन्म दिनमा आफू पढेको विद्यालयलाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको बताएका थिए ।

रकम ग्रहण गर्दै प्रधानाध्यापक थापाले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here