सामुदायिक विद्यालयमा खाजा व्यवस्थापनबारे अनुगमन

0
514

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरका २वटा सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई खुवाउने खाजाको व्यवस्थापन बारे अनुगमन गरेको छ ।

नगर उपप्रमुख एवम स्थानीय तह खाजा व्यवस्थापन समिति तथा नगर अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोला, अनुगमन सदस्य मैनाकुमारी राई लिम्बू सहितको टोलीले आज मंगलबार वडा नम्बर ९ को सिंहवाहिनी मावि र १० को जालपासिंहदेवी आधारभूत विद्यालयमा अनुगमन गरेको हो ।

नगरको कार्यविधि अनुरुप विद्यालयमा प्रत्येक दिन फरक र गुणस्तरीय स्थानीय खाजा व्यवस्थापनमा जोड दिन विद्यालयहरुलाई अनुरोध गरिएको संयोजक वास्तोलाले बताउनु भयो । साथै, टोलीले विद्यालयको पठनपाठन सहितका विषयमा पनि जानकारी लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here