पक्षपातभएको भन्दै विप्लव माओवादी इलामले रोक्यो शिक्षक नियुक्ति प्रक्रिया

0
670

इलाम । 

इलामको माइनगरपालिकास्थित तीनवटा विद्यालयमा प्रावि शिक्षकको करार नियुक्ति प्रकृयामा पक्षपात पूर्ण परीक्षा लिन खोजिएको भन्दै नेकपा (नेत्र विक्रम नेतृत्वको विप्लव माओवादी) इलामले रोक लगाएको छ ।

आदर्श बुद्ध प्रावि,अम्बिसे भंज्याङ्ग प्रावि, लक्ष्मी आदर्श माबि महमाइमा प्रावि तहमा करार शिक्षक नियुक्ति गर्ने परीक्षामा एमाले पार्टीका स्थानिय नेताहरुद्वारा आफ्ना कार्यकर्तालाइ मिलेमतोमा नियुक्ति गर्न खोजेपछि स्थानिय जनताको ब्यापक जनगुनासो आएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी इलामले जनताको गुनासो आएपछि चेतावनीसहित नियुक्ति प्रक्रिया रोकिदिएको छ । साथै नेकपाले निस्पक्ष परिक्षा लिएर नियुक्ति दिन सम्बन्धित सरोकारवालालार्इ चेतावनी दिएको छ ।

निस्पक्ष परीक्षा गराउन बिज्ञहरुसंग छलफल भैरहेको नेकपा इलामका सेक्रेटरी मौसमले बताएका छन । मौसमका अनुसार जिल्लामा यस्ता समस्या धेरै आएका छन । उनले पार्टीले जिल्लामा भैरहेका यस्ता बेथिती र अन्याय रोक्न शसक्त पहल गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here