कनकाई उद्योग वाणिज्य संघको उद्घाटन

0
794

 सुरुङ्गा, कात्तिक ३ । एक भव्य कार्यक्रमका वीच कनकाई उद्योग वाणिज्य संघको उद्घाटन गरिएको छ । प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका महासचिव किशोर प्रधानले कनकाई उद्योग वाणिज्य संघको उद्घाटन गरे ।  प्रधानले बन्दमुक्त क्षेत्रको रुपमा रहेको सुरुङ्गाको प्रशंसा गरे । उनले उद्योगधन्दाको विकासबाटै मुलुकमा आर्थिक क्रान्ति हुने बताए । कार्यक्रममा विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने नीति आवश्यक रहेकोमा जोड दिए । त्यसै गरी पूर्वाञ्चल उद्योग वाणिज्य महासंघका महासचिव श्याम पौडेलले राज्यले  युवा जनशक्तिलाई  स्वदेशमै उद्योग सञ्चालनका लागि प्रोत्साहन गर्ने व्यवहारिक नीतिनियम बनाउनुपर्ने बताए । अबदेखि झापा उद्योग वाणिज्य संघ छोडेर शाखा सुरुङ्गा महासंघको सदस्य बनी झापा उद्योग वाणिज्य संघको शाखाको हैसियतबाट सोही संघको हैसियतमा पुगेको छ । यसका लागि विधान बनाई जिल्ला प्रशासन कार्यालय चन्द्रगढीमा दर्ता गरी स्वीकृति लिइएको बताइएको छ । कार्यक्रममा झापा उद्योग वाणिज्य संघ अध्यक्ष उमेश डालमिया, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्की,  एमाले नेता हिरा थापा, ज्ञानज्योति युवा क्लवका अध्यक्ष ज्योतिकुमार उप्रेती लगायतले मन्तव्य राखेका थिए । सचिव सोमनाथ उप्रेतीको सञ्चालन, उपाध्यक्ष जनक कार्कीको स्वागत रहेको कार्यक्रम अध्यक्ष युवराज संग्रौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here