उद्योगी ब्यवसायी र मजदुरबीच मैत्रीपूर्ण फुटवल

0
333

बिर्तामोड, कात्तिक ३ । झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय  बिर्तामोडले सोमबार मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न गरेको छ ।
दीपावली तथा छठ पर्बको अवसर पारेर उद्योगी ब्यवसायी र मजदुरबीच एकता कायम गराउने उद्देश्यले मैत्रीपूर्ण फुटवल प्रतियोगिता सोमबार सम्पन्न गरेको हो ।
वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य तथा वाणिज्य संघ शाखा विर्तामोडका अध्यक्ष बलराम कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गरिएको थियो । प्रतियोगिता उद्घाटनअघि संघका वाणिज्य उपसचिव तथा खेल संयोजक प्रशान्त भण्डारीले प्रतियोगिताको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा झापा उद्योग वाणिज्य संघ बिर्तामोडका पूर्व अध्यक्ष राजेन्द्र थापा, मजदुर युनिकम नेपालका अध्यक्ष गजेन्द्र पौडेल, अखिल नेपाल मजदुर संघका भूपाल सापकोटा, पसल मजदुर संघका जिल्ला अध्यक्ष अविनाश धिताल, वीरता लेडी जेसीजकी कार्यवाहक अध्यक्ष पार्वता विमली, युनिकम नेपालका जिल्ला अध्यक्ष प्रकाश खड्कालगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा मजदुरलाई २–१ को गोलअन्तरले पराजित गर्दै व्यवसायी टिमले प्रतियोगिता जितेको थियो । ११ हजार १ सय १ रुपैयाँ राशी रहेको पुरस्कार व्यवसायीले जिते पनि मजदुरको हकहितका लागि युनियमको संस्थागत विकासका लागि मजदुरलाई नै उक्त रकम प्रदान गरिएको थियो । सो रकम झापा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष बलराम कार्कीले मजदुर टिमलाई प्रदान गरेका थिए ।
विर्तामोडस्थित बाल्मीकि एजुकेशन फाउण्डेशनको खेल मैदानमा सम्पन्न प्रतियोगिताको सञ्चालन संघका सदस्य  रविन्द्र भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here