विपद्को जानकारी दिन केन्द्र

0
1189

purwanchal
 इलाम,  कात्तिक ४  । जिल्लामा हुने विपद्जन्य घटनालाई तत्काल सम्बोधन गर्न गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र र युएनडिपीको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ ।

विभिन्न जिल्लामा देखिएको विपद्जन्य घटनाले धेरै क्षति भएकाले यसलाई न्यूनीकरण गर्न र थप क्षति हुन नदिन सोमबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । विपद्जन्य सबै सूचनालाई व्यवस्थित गर्दै गृह मन्त्रालयसम्म पु¥याउने र तत्काल सम्बोधन गर्न सहयोग पु¥याउने उद्देश्यले युएनडिपीको बृहत्तर विपद् जोखिम व्यवस्थापन कार्यक्रममार्फत केन्द्र सञ्चालनमा सहयोग गरिएको युएनडिपीका प्रतिनिधि विनोद घिमिरेले बताए ।

युएनडिपीले विपद् जोखिम व्यवस्थापन कार्यक्रमका लागि केन्द्र सञ्चालन गर्न करिब रु ३५ लाख बराबरका सामग्री प्रदान गरेको छ ।

जिल्लाका विभिन्न क्षेत्रबाट आएका सूचनालाई सत्यतथ्य छानबिन गरी तत्काल गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा पठाउने र आवश्यक परेको खण्डमा तत्काल सहयोग पु¥याउने गृह मन्त्रालयका  दयाराम श्रेष्ठले जानकारी दिए ।

केन्द्रमा भिएचएफ रेडियो सेट, सोलारलगायत विपद् आइपर्दा तत्काल खोज तथा उद्वारका लागि आवश्यक सम्पूर्ण सामग्री राखिएको छ । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाका गरी चार कर्मचारी केन्द्रमा २४ संँै घण्टा खटिनेछन् ।

सन् २०१५ सम्ममा सबै जिल्लामा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने क्रममा पहिलो चरणमा ३८ जिल्लामा स्थापना भइसकेको श्रेष्ठले जानकारी दिए ।

यस्तैगरी आठवटा जिल्लामा हाल स्थापनाको चरणमा रहेको बताइएको छ ।
केन्द्रको उद्घाटन गर्दै सहायक प्रजिअ सुजन फागोले विपद्जन्य घटना हुन नदिन र भइहालेमा तत्काल उद्वार तथा राहतका लागि जिल्लावासीलाई केन्द्रले सहयोग पु¥याउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here