बिर्तामोडमा ‘द नेस्ट स्कलरसीप २०२४’ सम्पन्न

0
22

बिर्तामोड ।

द नेस्ट एजुकेशन कन्सल्टेन्सी बिर्तामोडले एक दिने छात्रवृत्ति कक्षा सम्पन्न गरेको छ ।

बिर्तामोडस्थित कार्यालयमा विभिन्न मुलुकमा अध्ययनका लागि जााने विद्यार्थीलाई लक्षित गरी कन्सल्टेन्सीले ‘द नेस्ट स्कलरसीप २०२४’ सम्पन्न गरेको हो ।

स्कलरसीपलमा सहभागी विद्यार्थीलाई आयल्स तथा पिटी कक्षाका साथै बिभिन्न अफरहरु प्रदान गरिने र ५० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको कन्सल्टेन्सीका बिर्तामोड मेनेजर खड्ग ताम्लिङले जानकारी दिए ।

स्कलरसीप अन्तर्गत युटिएस कलेज अस्ट्रेलिया, कोलोराडो मेस युएसए, ह्वीलियम पिर्टसन, यूडब्लुई बिस्ट्रोल युके, क्यानाडा, न्यूजील्याण्ड, डेनमार्क, आयरल्याण्ड, जापान लगायतका सात वटा देशको बारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रम गरिएको मेनेजर ताम्लिङले बताए ।

द नेस्ट स्कलरसीप कार्यक्रममा रविश्मा साह, महिमा थापा, रोजिका पोखरेल, सृजन घिमिरे, विवेक बिमली, रोशन पौडेलले लगायतले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरका विश्व विद्यालयका बारेमा जानकारी गराएका थिए । विद्यार्थीलाई विभिन्न देशको शैक्षिक अवस्था तथा कानूनी प्रक्रियाका बिषयमा उनीहरुले प्रशिक्षण दिएका थिए ।

त्यस्तै विद्यार्थीलाई सात वटा देशका विश्वविद्यालयमा कसरी स्कलरसीप प्राप्त गरेर अध्ययन गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी दिइएको थियो । स्कलरसीप कार्यक्रममा झापासहित विभिन्न जिल्लाका करिब दुई सय विद्यार्थीको सहभागिता रहेको थियो । सन् २०१७ देखि द नेस्ट एजुकेशन कन्सल्टेन्सीले बिर्तामोडमा शैक्षिक परामर्शका रुपमा काम गर्दै आएका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here