सुन्दरहरैँचामा दुई बालिका मृत भेटिए,घटना स्थलमा बिषको बोत्तल भेटियो

0
40

योगेन्द्र योगी
बिराटनगर,

मोरङको सुन्दरहरैँचामा शनिबार दिउँसो एकै घरका २ नाबालिकाको शव भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका–७ स्थित नारायण न्यौपानेको केरा बगानभित्र दिउँसो ४:३० बजेतिर नाबालिकाहरु मृत अवस्थामा भेटिएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

एसपी कार्कीका अनुसार धनकुटा पाख्रिबास नगरपालिका – ४ डिकुरे घर भई सुन्दरहरैचा नगरपालिका -७ मालति टोल बस्ने दिदी सिता रेग्मीको घरमा बस्ने ३१ बर्षको अर्जुन कार्कीको श्रीमती २९ बर्षीय अस्मिता पौडेलले श्रीमानसँग समान्य बिबाद १ र ३ बर्षीय छोरी लिएर हिडेको बताए। उनीहरु शनिबार १६:३० बजेको समयमा सुन्दरहरैचा ७ स्थित नारायण न्यौपानेको केरा बगानमा मृत भेटिएको उनले बताए।

दुई वटा बच्चा मृत अबस्थामा फेला परेको भन्ने खबर पाउने बित्तिकै प्रहरी चौकी गछियाबाट खटिएको टोलीले घटना स्थल सुरक्षित राखेर अनुसन्धान थालेको उनले बताए। उक्त महिला अस्मिता पौडेल तत्काल फेला नपरेकोले निजको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

घटना स्थलमा सफाया – ५ नामको बिषको बोत्तल पनि भेटिएकाले आमाले नै बिष ख्वाएर मारेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनास्थलमा एसपी कार्की आफै खटिएका छन् भने इलाका प्रहरी बेलबारीबाट प्रबनानिको कमाण्डमा प्रहरी टोली खटिएर अनुसन्धान थालेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here