भद्रपुर ।
भद्रपुर-९ निन्दा पुलस्थित स्वर्गद्वारी अन्त्येष्टि घाट व्यवस्थापन समितिको अध्यक्षमा पुनः अम्बिका पोखरेल चयन भएका छन् । समितिले बुधबार घाट परिसरमा आयोजना गरेको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनलेले दुई वर्षीय कार्यकालका लागि पोखरेलको अध्यक्षतामा १५ सदस्य कार्य समिति चयन गरेका हुन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा डिल्लीराम पोखरेल, महिला उपाध्यक्षमा विमला गौतम भट्टराई,उपाध्यक्षमा लीलादास घिमिरे र महासचिवमा तेजप्रसाद (नवीन) चापागाईँ सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सचिवमा पानीलाल राजवंशी, महिला सचिवमा उषा खतिवडा, कोषाध्यक्षमा मुरारी पोखरेल र सह–कोषाध्यक्षमा धनप्रसाद शिवाकोटी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा नारायण श्रेष्ठ, मित्रप्रसाद अधिकारी, शैलेस न्यौपाने, सुनिता राजवंशी, गङ्गा थापा र डिल्लीराम अधिकारी चयन भएका छन् । सभाले लेखा समिति संयोजकमा मुरारी न्यौपाने रहने गरी भरत लम्साल ९भास्कर० र उर्मिला मिश्र सापकोटालाई सदस्यमा चयन भएका छन् ।
अध्यक्ष पोखरेलको सभापतित्व एवम् भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा अध्यक्षले साङ्गठनिक र कोषाध्यक्ष भरत लम्साल९भास्कर०ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अन्त्येष्टि गर्ने वेदीको शिलान्यास गरिएको थियो ।
घाटलाई सहयोग गर्ने १ सय ३४ जना आजीवन सदस्यलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । सोही कार्यक्रममा अम्बिका पोखरेललाई संरक्षक सदस्यता तथा ५६ हजार १ सय ५ रुपैयाँ प्रदान गर्ने लीलादास घिमिरे र ५१ हजार रुपैयाँ सहयोग गर्ने इन्द्र थापालाई विशिष्ट सदस्यता प्रदान गर्दै प्रमाणपत्रसहित सम्मान गरिएको थियो भने कोषाध्यक्ष भरत लम्साल ९भास्कर०लाई समितिमा उत्कृष्ट कार्य सम्पादन गरेबापत सम्मान गरिएको थियो ।
वरिष्ठ उपाध्यक्ष डिल्लीराम पोखरेलले औचित्यमाथि प्रस्ट पार्दै स्वागत मन्तव्य राखेको कार्यक्रममा नगरप्रमुख पोखरेल, वडा नम्बर ८ का वडाअध्यक्ष मनोज९गौरव० सुब्बा, सल्लाहकार सदस्य मुरारी पोखरेल,चन्द्रगढी समाज सेवाका अध्यक्ष नयाँनाथ पाण्डे र पशुपति निमाविका प्रधानाध्यापक टिकादेवी पोखरेलले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव लीलादास घिमिरेले गरेका थिए । हालसम्म घाटमा १ सय २१ जना साधारण सदस्य रहेको समितिले जनाएको छ । नगरप्रमुख पोखरेलको पहलमा नगरबाट करिब डेढ विगाह जमिन उपलब्ध गराएका कारण सो क्षेत्रका बासिन्दाले घाट पाएको जनाएको छ ।
जग्गा उपलब्ध भइसकेपछि २०८० वैशाख २ गते भृकुटी युवा क्लबको आयोजनामा घाट व्यवस्थापन समिति निर्माण भई सोही वर्षको जेठ १९ गते भद्रपुर नगरप्रमुख गणेश पोखरेलले मलामी विश्राम घरको शिलान्यास गरेका थिए । घाटलाई व्यवस्थित बनाउन नगरपालिकाबाट ४ लाख १६ हजार ६ सय ३४ रुपैयाँ, जनताको तटबन्ध झापा गैँडेबाट ३८ लाख ८४ हजार ७ सय ९ रुपैयाँ र संस्थाबाट २९ लाख ९८ हजार ७ सय ३८ रुपैयाँ रकमबाट ट्रस्टसहितको मलामी विश्राम स्थल निर्माण भइसकेको छ भने घाटलाई व्यवस्थित बनाउन नदीको पश्चिम तर्फ २ सय २ मिटर तटबन्ध निर्माण भइरहेको समितिले जनाएको छ ।
त्यसैगरी प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँले हाल दाहसंस्कार स्थल९वेदी० निर्माण भइरहेको छ भने गौरीशङ्कर भजन समूह र बहुउद्देश्यीय सहकारी संस्थाले संयुक्त रुपमा ३० हजार रुपैयाँको लागतमा मलामी बस्ने फलैँचा निर्माण भइसकेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
घाटलाई पर्यटकीय क्षेत्र समेत बनाउन दाउरा राख्ने घर,किरिया पुत्री बस्ने घर,चौतारा,प्रवेशद्वार,विद्युतीय दाहसंस्कार स्थल९वेदी० तथा विभिन्न मन्दिर निर्माण, स्तरोन्नतिका लागि सार्वजनिक पुराणको आयोजना लगायतका भौतिक निर्माण गर्ने योजना रहेको समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।