बिर्तामोडमा स्वतन्त्र नागरिक समाजको सरसफाइ तथा श्रमदान अभियान

0
32

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

स्वतन्त्र नागरिक समाजले बिर्तामोडमा सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरेको छ। स्वतन्त्र नागरिक समाज, स्वतन्त्र युवा नागरिक समाज बिर्तामोडको आयोजनामा बिर्तामोडको मुक्तिचोक आसपासको क्षेत्र सरसफाइ गरिएको हो।

आफ्नो लागि सात दिन देशको लागि एक दिन भन्ने उदघोषका साथ स्वतन्त्र नागरिक समाजद्वारा साप्ताहिकरुपमा शुरु भएको बृहत् श्रमदान अभियान अन्तर्गत शनिबार बिर्तामोडको मुक्तिचोक पूर्व सडकको आसपासका अनावश्यक झारपात, बुट्यान तथा फोहोरमैला हटाएर सरसफाइ गरिएको थियो।

‘प्रकृति र संस्कृतिको संरक्षण गरौं, श्रमदानबाट देश बनाउने प्रण गरौं’ भन्ने नाराका शुरु गरिएको कार्यक्रममा स्वतन्त्र नागरिक समाजका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा, कियाचु पूर्व राष्ट्रिय सदस्य जेबी जबेगू, कियाचु जिल्ला सचिव भीममाया कन्दङ्वा, नगर सल्लाहकार इन्द्रकुमार जबेगू, अर्जुनधारा पहिचानवादी मोर्चा अध्यक्ष येहाङ लाबुङ, स्वतन्त्र युवा नागरिक जिल्ला अध्यक्ष केशब भण्डारी, प्रहरी, भारती गोर्खा भूतपूर्व सैनिक संघ, स्वतन्त्र नागरिक समाजका सदस्यहरुको उल्लेख्यरुपमा सहभागिता रहेको थियो।

स्वतन्त्र नागरिक समाज बिर्तामोडका संयोजक हिमालयप्रकाश कन्दङ्वाले धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङको श्रम संस्कृति अभियानलाई पछ्याउँदै भष्टचार, वेतिथि र विसंगतिमुक्त स्वच्छ समाजको निर्माण गर्ने उद्देश्यका बृहत् श्रमदान अभियानलाई निरन्तरता दिइएको बताए। यस अघि बिर्ताबजार र मुक्तिचोक पश्चिमको क्षेत्र सरसफाई गरिसकिएको बताइएको छ।

यसैबिच अभियानलाई आवश्यक सामाग्री स्वस्फूर्त रुपमा सौजन्य प्राप्त भएको छ। यसरी सहयोग गर्ने दाताहरुमा कलाकार मानबहादुर राई ५वटा बेल्चा, डम्बरबहादुर नेम्वाङ ३वटा फरुवा, जेशिका, जेशन २वटा बेल्चा, लाखरोती लक्सम्बा ५वटा हसिया, प्रमिला नेम्वाङ ६ वटा झाडू, हिमालयप्रकाश कन्दङ्वा ५० वटा पञ्जा तथा निराकार सरसफाई कम्पनीबाट खानेपानी, सिकललगायत सामाग्री रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here