झापामा नै यस्तो ? निद्रामा पनि झस्किन्छन् प्राचार्य

0
538

झापा बिर्तामोड नगरपालिका – २ का दामोदर न्यौपाने निद्रामै झस्कङ्ग हुन्छन् (अतालिदै बिउँझिनु) । एक रात होइन दुई रात होइन उनी बर्षैदेखि निद्रामै झस्कङ्ग हुँदै आएका छन् । झस्कङ्ग हुनु उनको विराम भने होइन । उनी झस्कङ्ग हुनुको एउटै कारण छ – बिद्यार्थीको चिन्ता ।

साङ्गवेद संस्कृत माध्यमिक विद्यालय विवेकाश्रमका प्राचार्यसमेत रहेका न्यौपाने आवासीय विद्यालयमा रहेका विद्यार्थीलाई राति केही भयो कि भन्ने पीरले झस्कङ्ग हुन्छन् । नहुन पनि किन ? विभिन्न जिल्लाबाट आएका किशोर अवस्थाका एक सय पचास बढी विद्यार्थीलाई एकै थलोमा आवाससहित राखेर पढाउनु पर्छ । किशोर अवस्था आफैंमा चन्चल उमेर समूह हो । किशोरावस्था भनेको बाल्यावस्था र यौवनावस्थाको बीचको आबस्था हो । यो अवस्था शारीरिक , मानसिक, संबेगात्मक तीब्र परिबर्तनको अवस्था हो । यो अवस्थामा दिवास्वप्न देख्नु र बढी कल्पनाशील हुनु अर्थात काल्पनिक तथा असम्भव कुरा सोच्ने उमेर समूह हो । किशोरावस्था अवस्था सामान्यतय १३ देखि १७ वर्षको उमेरलाई मानिन्छ । यो उमेर समूहका किशोरलाई सकारात्मक बाटोमा डो¥याउनु न्यौपानेको प्रमुख दायित्व रहेको छ । जसका कराण न्यौपाने राति पनि चैनले निदाउन पाउँदैनन् ।

सामान्यतया सामुदायिक विद्यालयका प्राचार्य विद्यालय समय अवधिभरि मात्र विद्यालयको गतिविधिमा सक्रिय हुन्छन् । तर, साङ्गवेद संस्कृत माध्यमिक विद्यालय विवेकाश्रमसहित गुरुकुल विद्यालयका सबैजसो प्राचार्यको अवस्था यस्तै रहने गरेको छ । साङ्गवेद संस्कृत माध्यमिक विद्यालय जिल्लाकै जेठो गुरुकुलीय विद्यालय हो । जुन विद्यालयको क्षेत्रफल एक विगाह पाँच कठ्ठा छ । २०२८ सालमा स्थापना भएको यो विद्यालयले २०३२ सालबाट औपचारिक शिक्षा प्रदान गर्न शुरु ग¥यो ।

जुन कार्य अहिले पनि जारी छ । एक सय ५० विद्यार्थीलाई आवास सहित अध्ययापन अराउँदै आएको संगावेदमा अध्ययनरत विद्यार्थी विरामी परे अस्पतालसम्म पु¥याउन समेत अहिले हम्मे – हम्मे परेको बताउँछन् सांगवेदका प्राचार्य न्यौपाने । उनी भन्छन्– ‘ धेरै विद्यार्थी आवाससहित बसेर अध्ययन गरिरहेका छन् । दिउँसो त ठीकै हुन्छ , राति बढी समस्या हुन्छ ।’ प्रचार्य न्यौपाने भन्छन्– ‘म कुन दिनपनि पूरा निदाउन पाँउदिन । सधै बिद्यार्थीको चिन्ताले सताउँछ । विद्यार्थीको चिन्ताले निद्रामा झस्कङ्ग हुँदै म प्रअ भएयता नबिउझिएको रातै छैन ।’

विशोराअवस्थाका विद्यार्थीलाई आवास सहित राखेर अध्ययन अध्ययापन गराउनु आफैंमा चुनौतिको विषय हो । तर, पनि साङ्गवेद माविले वर्षौदेखि यसैगरी विद्यार्थीलाई आवाससहित संस्कृत शिक्षा प्रदान गर्दै आएको छ ।

विद्यालयको क्षेत्रफल फराकिलो भएपनि घेरावेरा नहुँनु विद्यालयका लागि चुनौतिको विषय हो उनी भन्छन् –‘ रात विरात विद्यार्थीलाई केही भइहाले के गर्ने , कस्लाई भन्ने ठूलो चिन्ता छ हामीलाई ।’ विद्यार्थी विरामी हुँदा अस्पताल पु¥याउन एम्वुलेन्स सेवा हामीसंग छैन उनी भन्छन्– कतिपय अवस्थामा हामीले विद्यार्थीलाई रात विरात बोकेर पनि अस्पतालसम्म पु¥याएका छौं केही दिन अघिमात्रै विद्यालयका एक विद्यार्थी विरामी भए उनलाई हामीले राति नै अस्पताल पु¥यायौं र औषधि उपचार गरेर फर्कायौं ।’

२०२८ सालमा पण्डित नन्दीकेशर तिम्सिनाले एक कठ्ठा जमिन स्वामी १००८ विवेकानम्द महाराजलाई प्रदान गरेपछि सांगवेद संस्कृत माध्यमिक विद्यालयको स्थापना भएको बताउँदै प्राचार्य न्यौपानेले भने – ‘त्यसयता यो भूमिमा हामीले वर्षेनि पुराण लगाउँदै आएका छौं । लाखौं लाख पटक वेदका मन्त्रोच्चारण भएको छ यस ठाउँमा । जसका कारण यो भूमि पुण्य छ । पुण्य भूमि भएका कारण पनि अहिलेसम्म यो विद्यालयलाई जोगाईराख्न सफल भएका छौं ।’

२०४८ सालदेखि प्रवेसिका परीक्षा एसएलसी सञ्चालन गर्दै आएको बताउँदै प्राचार्य न्यौपानेले भने – अहिलेसम्म विद्यालयको कुनै वर्ष नतिजा नराम्रो भएको छैन । कुनै दिन विद्यार्थीले खान पाएनन् भन्नु परेको छैन ।

२०५२ सालबाट जागिरे जीवन सुरु गरेका न्यौपाने सोही विद्यालयका विद्यार्थी हुन् । उनले २०६५ सालबाट प्राचार्यको जिम्वेवारी सम्हाल्दै आएका छन् । त्यसयता उनी ढुक्कले कुनै रात ननिदाएको बताउँछन् । उनी भन्छन्– विद्यार्थीको भोजनका लागि पनि चिन्ता लिनुपर्छ हामीले ।’

विद्यार्थीको खानाको वन्दोवस्त विवेकाश्रममले मुष्टिदानबाट सङ्कल गर्दै आएको छ । जिल्लाका विभिन्न ठाउँमा पुगेर विद्यालयले धान संङ्कलन गर्दै आएको र हरेक विहान हवन लगायतका पाठ पूजना गरेर सागसब्जी संकलन गर्दै आएका छौं प्राचार्य न्यौपाने भन्छन् – विद्यालयमा भोजनका लागि अक्षयकोष स्थापना नगर्ने हो भने भोलिका दिनमा खाद्यन्यको ग्यारेन्टि नहुँदा विद्यालयलाई ठूलो चुनौति देखिन्छ ।’

विवेकाश्रममा संस्कृतसंगै अन्य विषय नेपाली , अंग्रेजी, गणित, सामाजिक, विज्ञान लगायतका विषय पठा पाठन हुँदै आएको छ । संस्कृत शिक्षा भने कक्षा चारबाट मात्र पठन पाठन हुँदै आएको प्राचार्य न्यौपाने बताउँछन् । अहिले ११ वटा दरवन्दी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here