जीवनमा सफलताको लागि प्रेरणाको महत्व

0
1356

जीवन नौका अघि बढाउन प्रेरणा यस्तो गुण हो, जसले सारा निराशा, असफलता र अभावलाई पराजित गरेर सुनौलो भविष्यतर्फ लाग्न अभिप्रेरित गर्दछ । प्रेरणा जीवनको लागि आधार हो, जसमा सकारात्मकता र विश्वासको सुन्दर महल बन्दछ । आत्म–प्रेरणाले जीवनको बाटो बदल्छ । एक व्यक्तिको जीवनमा प्रेरणाको ठूलो महत्त्व छ । जीवनको पूर्ण गहिराइ प्रकट गर्न प्रेरणाले अत्युच्च भूमिका खेल्दछ । आज हामी निराशाको बढी कुरा गर्छौं र प्रेरणा तथा सकारात्मकताका कम कुरा गर्छौं । यसले हामीमा निराशा जन्माएको छ ।

राजनीति, अर्थनीति, कुटनीति, शिक्षा नीति सबै क्षेत्र र आयाममा नकारात्मक नजरले हेरेमा सर्वत्र नकारत्मकताको बढोत्तरी भइरहेको देखिन्छ । निराशाले सारा समाजमा डढेलो लगाउँछ, जसलाई निभाएर सकारात्मकताको मार्गमा समाजलाई मार्गनिर्देशन गर्ने अचूक अस्त्र भनेको प्रेरणा हो र यो एक रहस्यमय शक्ति हो, जसले निश्चित कार्यहरू गर्न मानिसलाई अन्तस्करणदेखि नै अभिप्रेरित गर्दछ । एकै समयमा यो दुवै आन्तरिक र बाह्य कारक स्रोत हुन सक्छ । प्रेरणाको प्रभावले मान्छे आफ्नो लक्ष्यका लागि थप सक्रिय हुन्छ र आत्मसंयम र प्रोत्साहनको बलमा नवीन मार्गमा जीवनलाई डो¥याउन शुरु गर्छ । असल जीवनको लागि प्रमुख मानवीय गुण प्रेरणा नै हो ।

निश्चित कार्यहरू गर्न व्यक्ति बाह्य कारकद्वारा प्रोत्साहन प्राप्त गर्न सक्छ । आन्तरिक प्रेरणाले सक्रिय भावनाको विकास गर्छ । जीवनमा प्रेरणाको कमी भएमा जीवन अक्करिलो लाग्छ, जुनसुकै कार्य पनि कठिन लाग्दछ । धेरै व्यावसायिक संगठन र कम्पनीहरु आफ्ना कर्मचारीहरु उत्प्रेरित गर्न पुरस्कार, पदोन्नति, थप आर्थिक प्रोत्साहन, यात्राको अवसर आदि दिएर र मानव संसाधनको व्यवस्थापन गरेर उत्पादन र उत्पादकत्व दुवै वृद्धि गर्न चाहन्छन् । आफ्ना कामदारहरुको अपेक्षा र आशालाई बुझेर उनीहरुलाई काममा बढी लगनशीलता र जाँगरका साथ लाग्न प्रेरणाले महत्वपूर्ण भूमिका खेल्दछ । प्रेरणाबिना व्यक्तिगत जीवनमा सफलता सम्भव छैन । कुनै पनि खेलाडीलाई प्रेरणाले सफलताको सगरमाथा छुन र सम्भवनाको ढोका खोल्न सहयोग पु¥याउँछ ।

राम्रो प्रेरणा बिना डाक्टर, इञ्जिनियर आदि विशेषज्ञलाई अघि बढ्न कठिन छ । कठिन क्षणमा हिम्मतका साथ अघि बढ्न सकारात्मक भावले नै उत्प्रेरित गर्छ, र बाधा–अवरोधका विरुद्धमा अन्तिम धक्का दिन बल दिन्छ प्रेरणाले । पैसा, स्वास्थ्य र ठूलो उपलब्धि प्राप्तिका लागि जीवनमा मुख्य उत्प्रेरक कुरा नै प्रेरणा हो । मनोवैज्ञानिकका अनुसार, जीवनका लागि प्रेरणा कुनै पनि सफलता हासिल गर्ने इच्छाशक्ति हो । जीवनमा सफलताको लागि प्रेरणा आवश्यक छ, जीवनमा राम्रो परिणाम हासिल गर्न, प्रतियोगितामा कदम अगाडि बढाउन र जीवनमा वित्तीय कठिनाइसँग जुध्न प्रेरणाले उत्साजनक सहयोग पु¥याउँछ ।

जीवनमा सकारात्मकतासहित प्रेरणा कायम गर्न नसकिएमा आफ्नो शक्ति फीका लाग्न थाल्छ र स–साना अवरोधले अघि बढ्न हतोत्साह गर्दछ । हाम्रो सामाजिक परिस्थिति नकारात्मकताले भरिएको छ । समस्याहरूसँग जुध्न नसकेपछि एउटा मानिस जीवनलाई विसर्जन गर्ने टुंगोमा पुग्नसक्छ र जीवनभन्दा मृत्युलाई प्यारो ठान्न थाल्न सक्छ । जीवनदेखि नियास्रिएका मासिनहरूलाई उत्प्रेरणा जगाउन आवश्यकछ र जसले गर्दा विपद्को बेला धैर्य, साहस र आत्मसंयताले नै मानिसलाई माथि उठाउन र एक सक्षम मानिसको चिनारी गराउन मद्दत पु¥याउँछ ।

आशा, उत्साह र प्रयत्न जस्ता पक्षलाई जीवनका अभिन्न अंग बनाउनुपर्छ । सिर्जनाले उत्प्रेरणाको दैलो उघार्न सघाउ पु¥याउँछ । सकारात्मकताले भरिएको मानिसमा नै दृढ इच्छाशक्ति हुनसक्छ । संकल्पशक्ति उत्पन्न गर्न मानिसका लागि प्रेरणा नै मुख्य कुरा हो । सपना, दृढ इच्छाशक्ति र निरन्तर अभ्यासका लागि प्रेरणा नै उत्तम गुण हो । मानिसहरूमा व्याप्त स्वार्थीपना, विश्वासघातले प्रेरणाका ढोका बन्द गर्न सक्छ । जीवनदेखि हार, नैराश्य र उदासीको संघारमा पुगेर पनि पुनः जीवनको महत्ता बुझेका व्यक्तिहरूका आत्मविश्वासले प्रेरणाको मार्गमा अघि बढ्न हौसला प्रदान गर्दछ ।

भनाई छ– ‘हरेक समस्याहरु सुनौलो अवसर लिएर आउँछन् ।’ यसो पनि भनिन्छ– ‘कायरहरु समस्याबाट भाग्छन्, तर कतिले त्यसैलाई अवसरमा बदल्छन् ।’ जीवन सधैँ एकनास रहँदैन । दुःख, सुख आउँछ, जान्छ । हिजो र आज, आज र भोलि फरक रहन्छ । सबै कुरा आफुले सोचे जस्तो ठिकठाक हुँदैन । कहीले समस्याको पहाड खस्छ । कहीले उमँगको वर्षा हुन्छ । यस्ता क्षणहरुमा संयमित जीवन व्यतित गर्नुपर्छ । जीवनमा अनेक कठिनाइहरु आउँछन् ।

यस्ता क्षणमा आफैंबाट प्रेरणा लिएर अगाडि बढ्न सक्नेले नै जीवनको असली आनन्द लिन सक्छन् । यस्ता मानिस, जो अविचलित रुपमा आफ्नो गन्तव्यतर्फ पाइला चाल्दै अगाडि बढिरहन्छन् । उनीहरु आफ्नो लागि आँफै मार्गदर्शकको काम गर्छन् र कहिल्यै पनि हार मान्दैन । आफैलाई प्रेरणा दिनु, आफैलाई सल्लाह दिनु धेरै सुन्दर परिकल्पना हो । कुनै पनि अप्ठ्यारो स्थिति आँउदा, बाधा, व्यवधान उत्पन्न हुँदा हामी हतास हुने, आत्तिने र निराश हुने गर्नु हुँदैन । बरु धैर्यपूर्वक आफैलाई सल्लाह दिने, आशावादी हुने आफैलाई निडर बनाउनाले धेरै सकरात्मक परिणामहरु ल्याउँछ ।

एक महान दार्शनिकका अनुसार जीवनमा कहिल्यै पनि र कतै पनि प्रेरणाको कमी हुँदैन । मानिस साहसी र निडर भएमा उसले त्यतिखेर सबैलाई आश्चर्यचकित बनाउन सक्छ जतिखेर उसले मानिसले आफूमाथि फ्याकिएको पत्थरबाट एक सुन्दर महल बनाउँछ । घृणा र तिरस्कारलाई पनि सकारात्मक र प्रेरक दृष्टिकोणबाट हेर्ने हो भने हामीले त्यसबाट धेरै पाठ सिकेर अगाडि बढ्न सक्छौं । हामीले आफूलाई फ्याँकिएको ढुंगाहरुबाट नै एक सुन्दर कलाको सिर्जना र ती ढुंगा फाल्नेहरुलाई पनि प्रेरणा दिन सक्छौं । विद्वानहरुका अनुसार यो जगतमा यस्तो कोही पनि व्यक्ति छैन जसले लागि आफैलाई प्रेरणा दिन सक्दैन ।

प्रेमको प्रतीकको रुपमा आफ्नै रानी बेगम मोमताजको स्मृतिमा एक सुन्दर ताजमहलको निर्माण गर्ने प्रेरणा शाहजहाँको मनमा जागेको थियो । उनले आफैबाट प्रेरणा लिए र दृढ संकल्प गरे । उनको संकल्पबाट यति सुन्दर कलाकृति बन्यो कि शताब्दीयौं पछि पनि ताजमहल करोडौंको मानिसहरुको लागि प्रेमको प्रतीक र प्रेरणाको स्रोत बनेको छ । यसको तात्पर्य यो हुन्छ कि जो मानिस आफैसँग संवाद गर्न बन्द गर्छन्,जसले आफ्नो मनको कुरा सुन्दैनन् उनीहरु पराजीत हुन्छन् । जीवनको बाटोमा जस्तासुकै समस्याहरु अग्ला र कठिन पहाड झैं ठडिएको छ भने पनि हिम्मत र आत्मविश्वासको साथमा प्रेरणाका बुलन्दीसँगै ती समस्याका पहाडहरुलाई चढेर विजय हासिल गर्न सम्भव छ ।

प्रेरणा कर्मफल र जीवन जस्तै छ जमिन जे रोप्छौं त्यही फल्छ जसरी हिँड्छांै त्यसरी नै पुगिन्छ, जहाँ जान्छौं त्यहीं पुग्छांै । व्यावसायिक परियोजनाहरुमा उत्प्रेरणा महत्वपूर्ण छ । कहिलेकाहीँ विचार राम्रो छ, भौतिक स्रोतहरू उपलब्ध छन्, आवश्यक ज्ञान उपलब्ध छ, तर काम परियोजनामा भाग लिने इच्छाको अभाव हुन्छ । यी अवस्थाहरूमा, विशेषज्ञले समस्याको विश्लेषण गर्न र कार्य प्रस्ताव गर्न परिवर्तनको प्रस्ताव गर्न आवश्यक छ, जसबाट प्रेरणा उत्पन्न हुन्छ र त्यही गुणकै कारण सबै कुरा सजिलैसँग अघि बढाउन सकिन्छ । सिप र क्षमताको विकासका लागि प्रेरणाको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here