भद्रपुरको घोडामारा लागूऔषध भित्राउने नाका बन्दै, दुई जना पक्राउ

0
33

झापा ।

भद्रपुरको घोडामारा भारतबाट लागू औषध भित्र्याउने नाका बन्दै गएको छ । प्रहरीले सोही नाकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका-९ निन्दा खोलाको पुलमा प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट साइकलमा आउँदै गरेका भद्रपुर-९ घोडामारा बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र सोही ठाउँका २५ वर्षीय कृष्ण राईलाई लागू औषधसहित पक्राउ गरेको हो ।

शङ्का लागेर रोकी चेकजाँच गर्दा अरेन्जय राजवंशीको साथबाट प्लास्टिकसहित ५ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here