बिर्तामोडका बस्नेतको अमेरिकामा निधन

0
8

बिर्तामोड ।

झापा बिर्तामोड–१ जगतवस्ती निवासी वीरेन्द्रकुमार बस्नेतको अमेरिकाको टेक्ससमा निधन भएको छ ।

बस्नेतको यही कात्तिक १९ गते आइतवार ७१ बर्षको उमेरमा निधन भएको उनका भाइ सुशील बस्नेतले जानकारी दिए । केही बर्षदेखि उनी परिवारसहित अमेरिकामा बस्दै आएका थिए । केही समयदेखि उनी अस्वस्थ रहेका थिए । उनले केही समय शिक्षण पेशामा रहेर शिक्षा सेवा गरेका थिए ।

इलामको साखेजुङमा २०१० मंसीर २७ गते उनको जन्म भएको थियो । उनकी श्रीमती गीता सुवेदी बस्नेत, छोराबुहारीहरु रवीन–रोमिया बस्नेत रहेका छन् । दुई छोरीज्वाइहरु रमिता–रोहित कार्की र रोजिना–सत्य थापा रहेका छन् ।

स्व. बस्नेतका चार नातिनी र दुई नाति रहेका छन् । उनको शवको अन्तिम संस्कार र दशगात्र कर्म अमेरिकामै भए पनि नेपालस्थित उनका आफन्तजन बिर्तामोड–१स्थित उनको निवासमा श्रद्धाञ्जलीका लागि १३ दिनसम्म उपस्थित हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here