वाइसिएल नेपाल झापाको छैटो जिल्ला भेला बिर्तामोडमा

२२ बैशाख २०८१, शनिबार मा प्रकाशित

बिर्तामोड ।

योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल झापाको छैटो जिल्ला भेला तथा सम्मान कार्यक्रम बिर्तामोडमा शुरु भएको छ । बिर्तामोडमा शनिवार (आज) शुरु भएको जिल्ला सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार) ले गरेका छन् ।

नेकपा (माओवादी) केन्द्रको भातृ संगठन वाइसिएलको जिल्ला भेलालले नयाँ नृतृत्वसमेत चयन गर्नेछ । केही समय यता निस्कृय रहँदै आएको वाइसिएललाई चलयमान बनाउने उदेश्यका साथ जिल्ला भेला आयोजना गरिएको बताइएको छ । पार्टीको युवाहरुको संगठन वाइसिएललाई सृढिद्धिकरण गरेर झापामा पुनः उर्जाशिल बनाउने उदेश्यले जिल्ला भेला आयोजना गरिएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा कोशी प्रदेश स्कुल बिभाग प्रमुख अजम्बर काम्वाङ, केन्द्रिय सदस्य तथा सांसदीय दलका नेता इन्द्रबहादुर आङ्वो, केन्द्रिय सदस्य तथा वाइसिएल नेपालका अध्यक्ष सुबोध श्रीपाली, केन्द्रिय सदस्य तथा झापा जिल्ला इन्चार्ज झलकसिंह दर्लामी (सन्देश), केन्द्रिय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुलप्रसाद साम्वा लिम्बु, केन्द्रिय सदस्य रन्जित तामाङ, हरिकुमार राना, लक्ष्मी न्यौपाने सरु, सुशिला घिमिरे सामना, केन्द्रिय सदस्य तथा युवा बिद्यार्थी फ्याक्सन इन्चार्ज मुक्साहाङ मेन्याङ्वोलगायत झापा जिल्लाका पार्टीका प्रमुख तथा प्रतिनिधि, पार्टीका जनबर्गिाय संगठनका प्रमुख तथा प्रतिनिधिलागतयतको बाक्लो उपस्थिति रहेको छ ।

सोही कार्यक्रमकाबिच झापा जिल्ला खुल्ला नृत्य प्रतियोगिताको अडिसनबाट छनौट भएका ५ जना प्रतियोगीको फाइनल प्रतिष्पर्धा समेत हुने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here