गौरादहको ‘नमूना घरबास’ पर्यटकको रोजाइमा

0
15

झापा।

गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले सञ्चालन गरेको नमूना घरबास (होमस्टे) आन्तरिक तथा बाह्य पयर्टकको रोजाइमा परेको छ ।

जिल्लामा सहकारी भ्रमणका लागि विभिन्न संघ–संस्था, सहकारी तथा जनप्रतिनिधिदेखि पर्यटकीय स्थल घुम्न आउनेका लागि यहाँ सञ्चालित नमूना घरबास पहिलो रोजाइमा पर्ने गरेको हो ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको पाडाजुँगी चोकबाट करिब २० किलोमिटर दक्षिणमा रहेको यस घरबासमा हिउँदमा मात्र होइन वर्षामा पनि पर्यटकहरु बास बस्न आउने गरेका सहकारीका व्यवस्थापक अर्जुन खतिवडाले बताए । उनका अनुसार सहकारीले दुई वर्षअघि ५० जना अट्ने क्षमताको घरबास निर्माण गरेको हो ।

रू. एक करोड २० लाखमा निर्माण गरिएको उक्त घरबास कृषि पर्यटन प्रवद्र्धनका लागि वातावरण अनुकूल रहेको खतिवडाले जानकारी दिए । पाहुनाको खाँचो छैन– उनले भने– सँधै भरिभराउ नभए पनि हामीले गरेको नमूना खेती हेर्न आउने पर्यटक बास बस्ने गरी आइरहेका छन् । उनका अनुसार कृषि पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जग्गामा घरबास निर्माण गरिएको हो ।

घरबासमा आठ वटा सुुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा ८० जना अट्ने तालिम हल रहेको खतिवडाले जानकारी दिए । उनले भने– अवलोकन भ्रमणमा देशभरका सहकारी, संघ–संस्थाबाट आउनुहुने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं । उनका अनुसार वार्षिक रुपमा एक हजारभन्दा बढी पाहुना बास बस्ने गरी आउने गरेका छन् ।

उनले एक दिन बस्नका लागि प्रतिव्यक्ति साझा कोठाको रू. तीन सय, दुई बेड भएको कोठाको रू. एक हजार र विशेष कोठाको रू. दुई हजार पाँच सय तोकिएको जानकारी दिए । खतिवडाका अनुसार सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुराका साथै आचार, पापड, डेरीलगायत उद्योग सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here