पशु अधिकार र बौद्ध दृष्टिकोण

0
38

सार :

जनावरले पनि जन्मेपछि जीवनभर बाँच्न पाउनुपर्छ । बिना कष्ट, बिना पीडा जनावरको मृत्यु हुनुपर्छ । जनावर स्वतन्त्र हुनु भनेको मानवको लागि पारिस्थितिकी प्रणाली जीवन्त रहनु हो । जनावरको अधिकार मानव अधिकारसित जोडिएको छ । इको सिस्टममा मानिस र जनावरको सह–अस्तित्व छ । मानिसको जीवनलाई जनावरको भूमिकाले सजिलो बनाएको हुन्छ । मानवको मौलिक अधिकार सुनिश्चित गरिए झैं युनेस्कोको मुख्यालयले सन् १९७८ मा विश्वव्यापी पशु अधिकार घोषणापत्र जारी गरेको छ ।

यस घोषणापत्रमा १४ वटा धाराहरू छन् । यी धाराहरूमा पशुको बाँच्न पाउने र बिना कष्ट मृत्यु हुनुपर्ने प्रावधानहरू राखिएको छ । पशुलाई मानिसको मनोरञ्जनका लागि पीडा र शोषण गर्ने कार्य समेत निषेधित छ । पशुलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ भन्ने शिक्षा सनातनी हिन्दू धर्म, जैन धर्म र बौद्ध धर्ममा पनि पाइन्छ । तर, परम्परागत रुपमा देवी–देवतालाई पशुको वली दिनु भनेको अन्धविश्वास मात्र हो । सनातन शिक्षाले हरेक प्राणीप्रति दया र करुणा राख्नुपर्छ भनेको छ । हत्या, हिंसा गर्नुहुन्न भन्ने धार्मिक जिकिर छ । बौद्ध दृष्टिकोणमा पनि पंचशील सिद्धान्तको पहिलो वाक्य नै कुनै पनि प्राणीको हत्या नगर्नु भन्ने छ ।

जनावरप्रति करुणा र दयाभावले व्यवहार देखाउनुपर्छ । कर्म र पूनर्जन्मको मानवको सम्बन्ध अन्य जीवहरूसँग पनि रहेकोले जनावरप्रति क्रुर व्यवहार गर्नुहुन्न भन्ने तर्कहरू पाइन्छन् । विश्वव्यापी पशु अधिकार १४ वटा धारामा उल्लेखित मापदण्ड र बौद्ध दृष्टिकोणहरू एक–आपसमा विरोधाभाष आजसम्म भएका छैनन् । त्यसैले जबसम्म मानिसले आफ्नो करुणाको घेरा सबै जीवित प्राणीहरूमा विस्तार गर्दैन, तबसम्म मानिसले आफ्नो लागि शान्ति पाउन सक्दैन भन्ने अल्वर्ट स्वीजरका तर्कलाई मनन गर्न उपयुक्त देखिन्छ ।

पशुपंक्षी अधिकारको अवधारणा र विकास :

पशुपंक्षी अधिकारको अवधारणा र विकासले जनावरको भलाई संरक्षण र उनीहरूलाई कुनै पनि प्रकारको अत्याचार वा दुव्र्यवहारबाट बचाउनका लागि कानूनी, नैतिक र सामाजिक पहलहरूलाई समाहित गरेको छ । यस अवधारणामा पशुपंक्षीलाई प्राकृतिक रुपमा सुरक्षित गर्नुपर्ने, उनीहरूलाई क्रुरतापूर्वक व्यवहार नगर्न र उनीहरूको भलाइका लागि कानूनी सुरक्षा प्रदान गर्नुपर्ने तर्कहरू रहेका छन् । पशु अधिकारको आधुनिक अवधारणा मानव अधिकार र वातावरणीय संरक्षणसँग जोडिएको छ । यसको विकासले विभिन्न क्षेत्र, देश र अन्तर्राष्ट्रिय सन्धिहरूबाट मार्ग दर्शन प्राप्त गरेको छ ।

जनावर अधिकारको मुख्य सिद्धान्त भनेको जनावरलाई कुनै पनि प्रकारको पीडा, अत्याचार र नचाहिने पीडा नगर्नु हो । यसलाई मौलिक अधिकार सम्मान, नैतिक जिम्मेवारी र कानूनी संरक्षण जस्ता स्तम्भमा खडा गरिएको छ । जनावर अधिकारको शुरुवात नैतिक तर्कबाट भएको पाइन्छ । नैतिक तर्क आन्दोलनको रुप हुँदै पछि कानूनी संरचनाहरूमा परिणत भएको हो ।

प्रारम्भिक सिद्धान्तलाई हेर्दा खासगरी प्राचीनकालीन समाज र धार्मिक मान्यताहरू रहेको पाइन्छ । जस्तैः हिन्दू, बौद्ध र जैन धर्मले अहिंसा र सम्पूर्ण जीवप्रति दयाभावको पालना गर्नुपर्ने बताउँछ । नैतिक तर्कका आधारमा शुरु भएको आन्दोलन १९औं शताब्दीमा आधुनिक पशु अधिकारको रुपमा अगाडि बढेको देखिन्छ । यो क्रममा अन्तर्राष्ट्रिय सन्धी र कानूनहरू जनावरको कल्याण र हितको लागि बनेको छ र ती मध्ये केहीलाई यहाँ उल्लेख गर्न सान्दर्भिक छ ः

जनावर अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९७८ (ग्म्ब्च्), पशु विश्व स्वास्थ्य संगठन (ध्इब्ज् वा पुरानो नाम इक्ष्भ्), संयुक्त राष्ट्र पर्यावरणीय कार्यक्रम (ग्ल्भ्ए), जैविक विविधता सम्बन्धी सम्मेलन १९९२ (ऋद्यम्) यी कानूनी संरचनाले पशु अधिकारका लागि प्रत्यक्ष रुपमा मार्ग निर्देशन र कार्य गर्ने गरेको छ । जनावर अधिकारका लागि अप्रत्यक्ष रुपमा पर्यावरणीय संरक्षणका कार्यहरूमा कानूनी प्रावधानहरूको निर्माण भएको पाइन्छ । यी कानूनहरूले जनावरको वासस्थान पारास्थितिकी सन्तुलन र जैविक विविधताको संरक्षणलाई सघाउने लक्ष्य राखेको छ । पशु अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रले संयुक्त राष्ट्रसंघ अन्तर्गतका राष्ट्रहरूलाई पशु अधिकारका लागि कानून निर्माण गर्न निर्देशन र प्रेरणा दिएको छ । विश्वव्यापी घोषणामा १४ वटा धाराहरू छन् । ती सबै धाराले पशु अधिकारलाई सुनिश्चित गरेको छ । पशुलाई अनावश्यक रुपमा पीडा नदिनु भन्ने छ । पीडा नदिइकन एकै पटकमा पशुलाई मार्नु मनासिव हो भनि धारा–३ ले मानेको छ ।

नेपालमा पशु अधिकार भनेर प्रत्यक्ष रुपमा ऐन कानून नभए पनि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५, पशु सेवा व्यवसायी परिषद ऐन २०७९, मुलुकी अपराध संहिता २०७४, राष्ट्रिय वातावरण नीति २०७६ र पशु कल्याण निर्देशिका २०७३ जस्ता मापदण्डहरूले कुनै न कुनै रुपमा पशुको सुरक्षा र कल्याणमा सहयोग पु¥याइरहेको देखिन्छ । इको सिस्टम (पारस्थितिकी प्रणाली)मा एक प्राणीले अर्को प्राणीलाई आहाराको रुपमा हेर्ने भन्ने दृष्टिकोण संकुचित हो । वातावरणीय र पर्यावरणीय रुपमा सन्तुलन राख्न साकाहार भोजनमा पनि आश्रित हुन सकिन्छ वा मांस भोजनका लागि पीडा नदिइकन पशुपंक्षीको उपभोग गर्न सकिन्छ, जसलाई बृहत दृष्टिकोणको रुपमा हेर्न सकिन्छ ।

किनकि हाम्रो लागि प्रकृतिमा धेरै चिजहरू छन् । स्वास फेर्न हावा छ । पेटको लागि खेत छ । उत्पादनलाई प्रयोग गर्न सकिन्छ । जीवन बचाउन पानी छ । हामी एक्लो हुँदाको भरोसा धर्ती र आकाश छ, जहाँ अरु जीवहरू रहेका हुन्छन् । घस्रिने, उड्ने वा हिँड्ने जीवहरू हाम्रा सहयोगी हुन्, तर शत्रु होइन । उनीहरूसँग क्रुरताको व्यवहारको कुनै तुक र आवश्यकता नै छैन । हाम्रो खानाको लागि हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्वहरू प्रोटिन, भिटामिन, मिनिरल्सको स्रोतमा पशुबाट दूध, दही, घ्यू, मही र पंक्षीबाट अण्डालाई प्रयोगमा ल्याउन सकिन्छ । यो मानिसको स्वास्थ्यको लागि सुरक्षित पनि छ । यो नै बृहत दृष्टिकोण हो भन्न सकिन्छ ।

बौद्ध दृष्टिकोण :

बुद्धका धेरै उपदेशहरूमा जनावरहरूको रक्षाका लागि नैतिक मार्ग दर्शन दिइएको छ । बौद्ध ग्रन्थहरूमा उल्लेख भएका कथाहरूमा जनावरको भलाइ र संरक्षणलाई उदाहरणका रुपमा प्रस्तुत गरिएको छ । बुद्धका पूर्वजन्मका घटनाका कथाहरूलाई जातक कथा भनिन्छ । ती कथाहरूमा बुद्धले पशुप्रति परोपकारी भाव र व्यवहार देखाउनु भएको पाइन्छ । जनावरको भलाइका लागि आफ्नो शरीर नै त्याग गरेको घटना ब्याघ्री कथामा परोपकारी बोधिसत्वको रुपमा बुद्धलाई चित्रण गरिएको पाइन्छ । त्यस्तै मानिस र जनावरको सम्बन्धलाई चित्रण गरिएको स्रिंहभेरी कथा पनि रोचक छ । विनय पिटकले भोजनमा मांस ग्रहण गर्न निषेध गरेको त छैन, तर जनावरलाई मार्न भने आदेश गरेको छैन । आफूले मार्न वा अरुलाई मार्न आदेश गर्न नहुने कुरा स्पष्ट उल्लेख छ । थेरवाद र महायान धर्ममा जनावर अधिकारका लागि प्रशस्त मार्ग खुल्ला गरेको पाइन्छ ।

पशु संरक्षण अभियानमा बौद्धहरूको योगदानलाई नकार्न सकिन्न । संसारभर बौद्ध समुदायहरूले विभिन्न पशु संरक्षण अभियान सञ्चालन गर्दै आएको देखिन्छ । बौद्ध दृष्टिकोणमा अहिंसा आचरण प्रमुख सिद्धान्तहरू मध्ये एक हो । कुनै पनि सजीव प्राणीलाई पीडा नदिन र तिनीहरूको जीवनको रक्षा गर्न गौतम बुद्धले सबै शिष्यहरूलाई प्रेरित गर्नुभएको थियो । पंचशील जसलाई पाँच नैतिक सिद्धान्त भनिन्छ, पहिलो शील नै ‘प्राणी हत्या नगर्ने’ हो । यो सिद्धान्तले सम्पूर्ण पशुपंक्षीहरूको बाँच्ने अधिकार सुरक्षित गर्ने देखिन्छ । करुणा र मैत्री भावले सम्पूर्ण प्राणीहरूप्रति दयालु हुने र तिनीहरूको पीडामा कमी ल्याउने प्रयास गर्नुले पनि पशु अधिकारलाई सुनिश्चित गरेको देखिन्छ । बुद्धको उपदेशहरू संकलन गरिएको ग्रन्थले जनावरहरूको दयालु हेरचाह गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।

थेरवाद बौद्ध धर्म खासगरि श्रीलंका, थाइल्याण्ड र म्यानमारमा स्थापित छ । त्यहाँका बौद्धहरूले मांसाहारलाई निरुत्साहित गर्दै शाकाहारी भोजनलाई प्रवद्र्धन गर्ने गर्छन् । थाइल्याण्डमा बुद्धको शिक्षालाई आधार मानेर पशु बचत अभियानहरू सञ्चालन गरिन्छ । त्यसैगरी महायान बौद्ध धर्म प्रभावित देशहरू चीन, जापान, कोरिया र तिब्बतमा करुणा सिद्धान्तलाई व्यापकरुपमा पालन गरिन्छ । बौद्ध भिक्षुहरू मठमा शाकाहारी भोजन ग्रहण गर्छन् िबज्रयान बौद्ध धर्म प्रभावित तिब्बत, नेपाल, भुटान, मंगोलिया देशहरूमा पनि पशु कल्याणका अभियानहरू सञ्चालनमा छन् । तिब्बती बौद्धहरूले बौद्ध शिक्षालाई आत्मसाथ गर्दै पशु बध रोक्न विभिन्न अभियानहरू सञ्चालनमा ल्याएका छन् । कानूनीरुपमा भुटानले पशु बध गर्न निषेध गरेको छ । त्यहाँ पशुबध निषेध सफल भएको छ । भुटानमा मांसाहारीको लागि भारतबाट मासु आयात गरिन्छ ।

बौद्ध धर्मावलम्बीहरूले पशु बचत अभियान सञ्चालन गरेका छन् । कैद गरिएका माछा, चराहरू, गाई, भैंसी, कुकुर आदिलाई ज्यान बचाउने र स्वतन्त्र बनाउने परम्परा छ । चीन, ताइवान, कोरिया र भियतनाममा यो प्रचलन निकै लोकप्रिय छ । त्यसैगरी थाइल्यान्डमा विभिन्न बौद्ध मठहरूले घाइते जनावरहरूलाई संरक्षण दिने स्थल स्थापना गरेका छन् । भारतको बोधगयामा बौद्ध मठहरूले पशु चिकित्सालय पनि सञ्चालन गरेका छन् । हुन त भारतमा इ.पू. तेस्रो शताब्दीमा राजा अशोकको समयमै पशु चिकित्सालय स्थापना भएको देखिन्छ । अशोकद्वारा निर्मित द्वितीय बृहत शिलालेखबाट प्रष्ट हुन्छ । राजा अशोकले त्यो बेला नै पशुबलीमा रोक लगाएका थिए ।

बौद्ध भिक्षुहरूले मांसाहारको हानीबारे प्रचार गर्दै आएका छन् । चीन, ताइवान, जापानका बौद्ध धर्म गुरुहरूले ‘शाकाहारी आन्दोलन’ सञ्चालन गरिरहेका छन् । धार्मिक उत्सवहरूमा पशुवलीको विरोध गर्ने गरेको नेपालमा पनि पाइन्छ । नेपालमा गढिमाई पर्वमा हुने पशुवलीको विरोधमा बौद्ध संस्थाहरूले अहिंसात्मक परम्परालाई प्रवद्र्धन गर्ने प्रयास गरेका छन् ।

श्रीलंका, म्यानमारमा पनि पशुवली रोक्ने अभियान सञ्चालनमा छन् । त्यसैगरी जनावरको अधिकार संरक्षणका लागि द्यगममजष्कत न्यिदब िच्भष्भिा, म्जबचmब ख्यष्अभक ायच ब्लष्mबकि र त्शग ऋजष् ँयगलमबतष्यल जस्ता आधुनिक बौद्ध संस्थाहरूले पशुको रक्षा गर्ने, वातावरण तथा प्राकृतिक संरक्षण गर्ने, उपचार र पशु कल्याणका लागि काम गर्ने गरेको पाइन्छ । बौद्धहरूले अहिंसा, करुणा र जीवदया जस्ता सिद्धान्तहरू मार्फत पशु संरक्षणलाई प्रवद्र्धन गरेको देखिन्छ । बौद्ध दृष्टिकोणले मानव मात्र नभई सम्पूर्ण जीवहरूको कल्याणमा योगदान पु¥याएको पाइन्छ । सम्पूर्ण जीवहरूभित्र पशुपंक्षी पनि रहेकाले उनीहरूको समेत कल्याण भएको हुँदा बौद्ध दृष्टिकोणमा पशु अधिकार सुनिश्चित भएको देखिन्छ ।

निष्कर्ष :

पशुपंक्षीलाई प्रत्यक्ष रुपमा मानिसको आहार बनाउनु हुँदैन । मानिसको आवश्यक खानाको लागि हाम्रो शरीरको लागि कार्बोहाईड्रेट्स तत्व अन्न र जरावाल उत्पादनबाट पाउन सकिन्छ । प्रोटिनतत्व दाल, गेडागुडी, दूध, दही, अण्डाबाट पाउन सकिन्छ । भिटामिन, मिनरल्स तत्व साग, तरकारी, फलफूलबाट पाउन सकिन्छ । यसरी मानव शरीरलाई शक्ति दिने खाना, शरीर वृद्धि गर्ने खाना र शरीरलाई रोगबाट बचाउने खाना हुँदाहुँदै पनि पशुपंक्षीको मासु नै खोज्नु भनेको सानो उमेरदेखि लागेको बानी वा जिब्रोको स्वाद मात्र हो ।

मानिसले मांसाहारीको कारण प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पशुपंक्षी माथि क्रुरताको व्यवहार गर्नुपर्ने बाध्यता भएको छ । यसलाई सुधार गर्न सकियो भने पशुपंक्षीप्रति कल्याण हुन्छ । धार्मिक अन्धविश्वासका कारण हुने क्रुरतापूर्ण व्यवहारहरू जसलाई ‘बली’ भनिन्छ, पशुपंक्षीका लागि जहिले अन्याय नै हुन्छ । यस्ता बलीले मानिसको कल्याण भएको कुनै प्रमाण छैन । यदि छ भने भ्रम मात्र हो । पशुपंक्षी कल्याणका लागि नैतिक तर्क, विश्वव्यापी र राष्ट्रिय कानूनलाई आत्मसाथ गर्दै धार्मिक दृष्टिकोणका यथार्थ विश्वासलाई दैनिक जीवनमा लागू गरिएमा मानिसको स्वास्थ्य र पशुपंक्षीको सुरक्षामा सहयोग पुग्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here