नवीन र सकारात्मक कार्ययोजना

0
647

झापा जातीय विविधता भएको जिल्ला हो । त्यसमध्ये कतिपय जाति अहिले सीमान्तकृत र कति लोपोन्मुख अवस्थामा पुगेका छन् । झापाका प्राचीन बासिन्दा मध्येको एक हो सन्थाल जाति, जसको उद्गम स्थल भारतको दुम्का जिल्लालाई मानिएको छ । झापा जुनबेला जङ्गल क्षेत्र थियो त्यतिबेला नै सन्थालहरु कृषिकर्म गरेर जीवन निर्वाह गर्दै थिए ।

झापामा बिस्तारै पहाडबाट बसाइँ सरेर आउनेक्रम शुरु भएपछि यहाँका जङ्गल आवाद हुन थाले । मानव बस्ती बढ्दै गयो, चेतनाको स्तर उठ्दै गयो तर सोझो र इमान्दार जाति मानिएको सन्थालहरुमा समय अनुसार चेतना बिस्तार नहुँदा क्रमशः घनत्व कम हुँदै गयो । त्यसकै परिणाम हो कि राज्यले अहिले यो जातिलाई सीमान्तकृत समूहमा सूचीकृत गरेर अवसर, सुविधा र सेवा बिस्तार गरेर उनीहरुको अस्तित्वलाई सुरक्षित राख्ने नीति बनाएको छ ।

झापामा सन्थाल जाति भन्नासाथ तुर्सा हेमरमलाई सम्झिने गरिन्छ । तुर्सा जसले औपचारिक शिक्षा नलिईकनै पनि प्रजातन्त्रको मर्म र महत्वलाई अनुभूत गरेका थिए । हुनेखाने वर्गमै भएको भए पनि प्रजातन्त्र प्रतिको मोह र आकर्षणले उनलाई तत्कालीन शासन पद्धतिको विरुद्ध उभ्यायो । परिणाममा उनको सर्वस्वहरण भयो, थुनामा बस्नुप¥यो र निवार्सनमा रहेर कष्टपूर्ण जीवन बाँच्नुप¥यो । त्यसपछि भने अली टाठा, सचेत र हातमुख जोर्न सक्नेहरु भारत पलायन हुन थाले र आज उनीहरुको उपस्थिति तुलनात्मकरुपमा घट्दै गएको छ ।

यहाँका पुराना बजारहरु खासगरी पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माण भएपछि त्यसको दक्षिणी क्षेत्रमा यिनीहरुको अधिकता रह्यो । छुट्टै भाषा, रहनसहन, संस्कृति, परम्परा र भेषभुषामा रमाउने सन्थाल जातिको नवपुस्तामा भने यस्तो विशिष्टता हराउन थालेको छ । कुनै पनि जातिको विशिष्टता भनेकै उसको संस्कार, संस्कृति, परम्परा, भाषाभुषा र रहनसहन हो । त्यही हरायो भने जातिको अस्तित्व र पहिचान केही बाँकी रहँदैन । सायद त्यही भएर राज्यले नीति बनाये कि लोपोन्मुख, सीमान्तकृत जातिलाई आरक्षण र अवसर प्रदान गरेर राष्ट्रिय विकासको मूलप्रवाहमा ल्याउने तर कार्यान्वयन पक्षको कमजोरीले राष्ट्रिय अभियान जहाँको तहीँ छ।

यसैबेला दक्षिणी झापाको झापा गाउँपालिकाले सन्थाल जातिको मौलिक पहिचान सुरक्षित राख्न महत्वाकांक्षी योजना बनाएको छ । यसका लागि स्थानीय कुवाडी टी इस्टेटसँग एक बिगाह जमिन लिएर योजनाबद्ध बस्ती निर्माण गर्ने भएको छ । गाउँपालिका अध्यक्ष जयनारायण साहले छरिएर सङ्कटग्रस्त अवस्थाका सन्थालहरुलाई संरक्षण गर्दै उनीहरुको मौलिकतालाई जोगाउन बस्ती निर्माण गर्न लागेको बताएका छन् । सोझो कर्मठ र इमानी जाति भनिने यिनीहरुलाई गाउँपालिकाले नै आवासगृह बनाइदिने भएको छ ।

एक करोड पच्चीस लाख रुपैयाँको लागतमा निर्माण हुने बस्तीलाई पर्यटकीय गन्तव्य बनाइने अध्यक्ष साहले जनाएका छन् । यसले सन्थाल संस्कृतिका माध्यमबाट उनीहरुलाई विश्वसामू परिचित गराउने छ । यसका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत योग पुग्नेछ । पर्यटकका लागि आवासीय सेवा अर्थात् होमस्टे सञ्चालन गर्ने र स्वरोजगारका माध्यमबाट आत्मनिर्भर बन्न प्रेरणा समेत दिनेछ । गाउँपालिकाको पर्यटकीय पूर्वाधार विकास सँगै बेग्लै पहिचान कायम गर्ने सृजनात्मकतालाई स्वाबासी दिनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here